२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो

सुर्खेत- डोल्पामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष छन्। उनको जेठ २० गते मृत्यु भएको थियो।

मृत्युपछि उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल), जुम्लाका निर्देशक डा. मंगल रावलले जनाकारी दिए।

“चार दिनअघि नै मृत्यु भएको थियो, दुई दिन हिँडेर स्वाब संकलन गरेर ल्याएका थियौं, दुई पटक परीक्षण गर्दा पनि कोरोना संक्रमण देखियो,” डा. रावलले भने, “परीक्षणपछि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भयो, उनको सम्पर्कमा आएका व्यक्तिको पनि भोलि नै स्वाब संकलन गरिनेछ।”

ती पुरुष जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए। यसअघि कोरोनाबाट नेपालमा ११ जनाको मृत्यु भइसकेको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।   यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७७ जेष्ठ २४

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP