२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नेपाललाई राहत : कोरोना भाइरसको पछिल्लो परीक्षणमा १८ जनाकै रिपोर्ट नेगेटिभ

काठमाडौं : कोरोना भाइरसको आशंकामा देशका विभिन्‍न अस्पतालका आइसोलेसन वार्डमा भर्ना भएका १८ जनालाई नैं संक्रमण नभएको पुष्टि भएको छ।

उपत्यका र बाहिरका अस्पतालको आइसोलेसनमा भर्ना भएका १८ जना शंकास्पद बिरामीको नमूना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शंकास्पद १८ जना बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार उपत्यकासहित देशका विभिन्‍न ठाउँबाट आएका १८ वटा शंकास्पद नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

उनले भने, ‘पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ठाउँबाट आएका १८ शंकास्पद बिरामीको परिक्षण गरेका थियौँ। ती सबैको रिपोर्ट नेगेटिभ आएको छ।’

सूचना अधिकारी गुप्ताका अनुसार सोमबार  नेपालगञ्ज, धनगढी, जनकपुर, धरान, बिराटनगर, बुटवल र चितवनबाट नमुना परीक्षणका लागि ल्याइएको थियो।

यससँगै नेपालमा हालसम्म शंकास्पद भनि परीक्षण गरिएका  ४९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको ‍छ।

२५ शंकास्पद बिरामीको रिपोर्ट बाँकी

यस्तै प्रयोगशालमा मंगलबार  थप २५ जनाको कोरोना भाइरसको शंकास्पद नमुना परीक्षणका लागि आएको छ। विभिन्‍न आइसोलेसन वार्डमा राखिएका बिरामीको नमुना टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ। २५ जनाको नमूना परीक्षणको रिपोर्ट २४ घण्टापछि आउने बताइएको छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७६ चैत्र ४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP