२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

अछामका एम्बुलेनस चालकलाई समेत कोरोना संक्रमण

अछाम । अछामका एम्बुलेनस चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा पिसिआर परीक्षणका क्रममा चालकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

मंगलसेन नगरपालिकाका २३ वर्षीय एम्बुलेन्स चालकलाइ कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेत अस्पतालमा गरिएको परिक्षणमा चालक सहित ९ जनामा मंगलबार कोरोना पुष्टि भएको छ । भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४ कुष्कोटको क्वारेन्टानमा रहेका आठ जना र एम्बुलेन्स चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ जेष्ठ २०

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP