२०८३ असार ३, बुधबार
June 17, 2026, Wednesday

भरतबाट आएर सेती अस्पतालमा भर्ना भएका १९ जनाको आरडिटि नतिजा पोजेटिभ

कैलाली- भारतबाट स्वदेश फिर्ता भएका १९ जनाको ¥यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । बिहीबार सामान्य चेकजाँचका क्रममा उनिहरुमा कोरोना लक्षण देखिए पछि सेती अस्पतालमा भर्ना गरिएको थियो ।

¥यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएका सबैलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको छ । भारतबाट आएका नेपालीहरुमा गरिएको ¥यापिड टेष्टका क्रममा बझाङको जयपृथ्वी नगरपालिका–३ का २१ वर्षीय पुरुष, वडा नम्बर ११ का २८ वर्षीय पुरुष, डोटीका दीपायल सिलगढी नगरपालिका–७ २७ वर्षीय पुरुष, डडेल्धुराको पर्शुराम नगरपालिका–४ का २७ वर्षीय पुरुष, बैतडीको शिवनाथ गाउँपालिकाका– १ का २७ वर्षीय पुरुष, वडा नम्बर १ का २० वर्षीय पुरुष, वडा नम्बर २ का २० वर्षीय पुरुष, मेलौली–७ का १९ वर्षीय पुरुष, वडा नम्बर ३ का २३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरी ¥यापिड टेष्टको नतिजा पोजेटिभ आएका अछामको मेल्लेख–४ का ११ वर्षीय बालिका, ३० वर्षीय महिला, ३२ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का ३८ वर्षीय पुरुष, बैतडीको शिवनाथ गाउँपालिका–१ का ३० वर्षीय पुरुष, बडिकेदार गाउँपालिका–५ का १८ वर्षीय पुरुषलाई समेत सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालको सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले ¥यापिड टेष्टका क्रममा पोजेटिभ पाईएकाहरुको आजै थ्रोट स्वाव संकलन गरिने बताए । योसंगै प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना हुनेको संख्या २३ पुगेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ ९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP