२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

कोरोना संक्रमितको संख्या २ सय ४६ पुग्यो : दुई जना नर्सलाई समेत संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । बिहीबार नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिए संगै संक्रमितको संख्या २ सय ४६ पुगेका हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवन भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्व देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।

दुई जना नर्सलाई समेत संक्रमण

वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related News

सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७७ जेष्ठ १

दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई...

TOP