२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने : बीना पास हिडे दिनभर सडकमै होल्ड गरिने

कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार) बाट लकडाउन कडा बनाएको छ ।

अत्यावाश्यक भनिएका नौ क्षेत्रबाहेकका व्यक्तिहरुलाई सडकमा निस्किन समेत कडाइ गरिएको छ । त्यस्ता व्यक्ति सवारी पास लिएर हिँडे पनि जरुरी कामको विषय प्रष्टसँग नखुले प्रहरीले सडकमै रोक्ने भएको छ ।

कयौं व्यक्तिको सवारी पास खारेज गरिएको पनि गृहमन्त्रालयले जनाएको छ। गृहका अनुसार आजबाट खुल्नेबाहेकका क्षेत्रमा संलग्न सबै ब्यक्तिको सवारी पास रद्द गरिएको र पुरानो पास लिएर सडकमा निस्किए प्रहरीले सडकमै राख्ने छ ।

आजबाट राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार एउटा बैंकले काठमाडौं उपत्यकाको हकमा दुईवटा मात्रै शाखा चलाउन पाउने र त्यसमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पास लिएर मात्रै हिँड्न पाउने भएका छन् ।

बीना पास सवारी चलाएको पाइए दिनभर सडकमै सवारी होल्ड गरिने महानगरीय प्रहरी प्रवक्ता सुशीलकुमार यादवले बताए ।

सवारी पास भएकाहरु पनि आजबाट एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न पूर्ण रुपमा रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

यी हुन् बिना पास चल्न पाउने सवारी

– एम्बुलेन्स, दमकल, शव वाहन

– झण्डावाल सवारी

– कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्था

– सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मी

– स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्सदेखि औषधी उत्पादन र विक्रीवितरणमा संलग्न व्यक्तिहरु

– खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न व्यक्तिहरु

– फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति

– ठूला खाद्य स्टोरमा कार्यरत व्यक्तिहरु

– अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधन सञ्चालका लागि पनि पास चाहिने छैन

सरकारले जारी गरेको पत्र

Related News

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
  • २०७७ जेष्ठ १

  काठमाडौँ- निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको...

TOP