कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार) बाट लकडाउन कडा बनाएको छ ।
अत्यावाश्यक भनिएका नौ क्षेत्रबाहेकका व्यक्तिहरुलाई सडकमा निस्किन समेत कडाइ गरिएको छ । त्यस्ता व्यक्ति सवारी पास लिएर हिँडे पनि जरुरी कामको विषय प्रष्टसँग नखुले प्रहरीले सडकमै रोक्ने भएको छ ।
कयौं व्यक्तिको सवारी पास खारेज गरिएको पनि गृहमन्त्रालयले जनाएको छ। गृहका अनुसार आजबाट खुल्नेबाहेकका क्षेत्रमा संलग्न सबै ब्यक्तिको सवारी पास रद्द गरिएको र पुरानो पास लिएर सडकमा निस्किए प्रहरीले सडकमै राख्ने छ ।
आजबाट राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार एउटा बैंकले काठमाडौं उपत्यकाको हकमा दुईवटा मात्रै शाखा चलाउन पाउने र त्यसमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पास लिएर मात्रै हिँड्न पाउने भएका छन् ।
बीना पास सवारी चलाएको पाइए दिनभर सडकमै सवारी होल्ड गरिने महानगरीय प्रहरी प्रवक्ता सुशीलकुमार यादवले बताए ।
सवारी पास भएकाहरु पनि आजबाट एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न पूर्ण रुपमा रोकिएको गृह मन्त्रालयले जनाएको छ ।
यी हुन् बिना पास चल्न पाउने सवारी
– एम्बुलेन्स, दमकल, शव वाहन
– झण्डावाल सवारी
– कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्था
– सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मी
– स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्सदेखि औषधी उत्पादन र विक्रीवितरणमा संलग्न व्यक्तिहरु
– खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न व्यक्तिहरु
– फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
– ठूला खाद्य स्टोरमा कार्यरत व्यक्तिहरु
– अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधन सञ्चालका लागि पनि पास चाहिने छैन
सरकारले जारी गरेको पत्र
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...