२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

महेन्द्रनगरबाट काठमाडौं गएकी महिला कोरोना संक्रमित

 काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । उनी कन्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् ।

उनी कर्मचारी परिवार भएको बताइएको छ । काठमाडौं आएलगत्तै उनको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । जसमा कोरोना पोजेटिभ पाइएको थियो ।

काठमाडौंको ३३ वर्षीया महिला काठमाडौं जिल्लामा देखिएको पाँचौ संक्रमित हुन् । काठमाडौंका अन्य चार जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
मंगलबार राति काठमाडौंका एक र भक्तपुरका दुई जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।

भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोटवासी हुन् । उनी नेकपा नेता एवम् पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका थिए ।

अर्का एक महिला भने सुनसरीबाट भक्तपुरको नयाँठिमीस्थित साथीको डेरामा आएकी थिइन् । उनी भक्तपुकै एक अस्पतालको कर्मचारी हुन् ।

Related News

पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो :  बलायर
पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो : बलायर
  • २०७७ बैशाख ३१

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस नेता रामचन्द्र पौडेललाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।...

पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
  • २०७७ बैशाख ३१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन्। पुल...

कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
  • २०७७ बैशाख ३१

डोटी- नेपाली कांग्रेस डोटीका क्रियाशिल सदस्य गोकर्ण मल्लको निधन भएको छ । शिखर नगरपालिका– पचनाली निवासी मल्लको ७१ वर्षको उमेरमा...

TOP