२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

नेकपा नेता भीम रावलका सुरक्षाकर्मी कोरोना संक्रमित

भक्तपुरमा हिजो भेटिएका कोरोना संक्रमित एक युवक महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ।

भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन्।

चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए।

‘उनी मेरो सुरक्षामा एक महिना अघि देखि छैनन्, घरमा श्रीमती बिरामी परेपछि जानकारी गराएर छुट्टीमा गएका थिए’, रावलले भने।

युवकलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। युवकबारे थप विवरण लिने काम भइरहेको छ।

संसद सुरू हुनु अगाडी गरिएको स्वाब परीक्षणमा नेता रावल लगायतको परीक्षण नतिजा नेगेटिभ आएको थियो।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख ३१

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP