२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

महोत्तरी घटना : विषाक्त रक्सी सेवनबाट १० जनाकाे मृत्यु भएको पुष्टि

जनकपुरधाम- महोत्तरीमा १२ जनामध्ये १० जनाको मृत्यु घरेलु विषाक्त मदिरा सेवनबाट भएको पुष्टि भएको छ। भंगहा नगरपालिका–७ का १० जनाको विषाक्त मदिरा र बर्दिवास नगरपालिकाका दुईजनाको अत्यधिक मदिरा सेवनबाट ज्यान गएको पुष्टि भएको हो।

भंगहा नगरपालिका–७ का पलट साह, नथुनी महरा, लालबाबु सिंह, सिकिन्द्र सिंह, सुकदेव महरा, रौतहट घरभइ भंगहामा काठ मिस्त्रीको काम गर्दै आएका महेन्द्र चौधरी र मोहन चौधरीको घरेलु रक्सी सेवन गरेर ज्यान गएको जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले बताए।

यसैगरी बर्दिवास नगरपालिका–१२ का सोकिन्द्र मण्डल, सोमनीदेवी वातर र भारत उत्तर प्रदेश घरभइ इँटाभट्टामा काम गर्ने मोतीलाल प्रजापतिको पनि रक्सी खाएर ज्यान गएको मेडिकल जाँचबाट देखिएको उनले बताए।

आइतबार मृत्यु भएका भंगहा–६ का रुपनारायण सिंह दनुवारको झाडापखाला र १६ वैशाखमा मृत्यु भएका बर्दिवास नगरपालिकाका गंगाराम सदाको औलोको कारण ज्यान गएको चौधरीको भनाइ छ।

यसअघि अज्ञात रोगका कारण महोत्तरीको भंगहामा मानिसको लगातार मृत्यु भएको भनिएको थियो। एक साताभित्र १२ जनाको मृत्यु भएपछि मृत्युको कारण बुझ्न शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पताल टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनको टोली त्यहाँ पुगेको थियो।

मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत

मदिरा सेवनका कारण ज्यान गएका परिवारलाई प्रदेश सरकारले राहतस्वरुप एकएक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतकका परिवारलाई सरकारले एकएक लाख रुपैयाँ सहयोग गर्ने बताए। उनी साेमबार महोत्तरीको भंगहा पुगेका थिए।

Related News

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
  • २०७७ बैशाख २३

  काठमाडौँ- निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको...

TOP