२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

शिखर नगरपालिकाका १८९८ बालबालिकालाई दादुरा रुबेल खोप लगाइने

दिपायल – शिखर नगरपालिकामा १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान सञ्चालन गर्नका लागि ७० वटा खोप केन्द्र तोकिएको छ ।

अभियानका क्रममा नगरका ९ महिना देखि पाँच वर्ष सम्मका एक हजार ८ सय ९८ जना बालबालिकालाई दादुरा रुबेलाकाे खोप लगाइने स्वास्थ्य शाखा प्रमुख बल बहादुर खत्रीले बताए । यो खोप यस अघि पूर्ण खोप लगाएका बालबालिकाहरुले पनि अनिवार्य लगाउनु पर्ने उनले बताए ।    शुक्रवार स्वास्थ्य शाखाले पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँग अभियानको तयारी सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुनिता रावल जोराले खोप अभियान सफतापूर्वक सञ्चालन गर्न सहयोग गर्न अपील गरेकी छिन् । उनले नगरका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक लगायत सरोकारवाला र आम नगरवासीमा खोप अभियान सफतापूर्वक सम्पन्न गर्न सहयोग गर्न अपील गरेकी हुन्। खोप अभियानका क्रममा बालबालिकामा समस्या देखिए नगरको एम्बुलेन्स देखि उपलब्ध सवारी साधन तम्तयार अवस्थामा राखिने बताइन् ।

खोप अभियानलाई सम्पन्न गर्न नगर क्षेत्रमा माइकिङ, निमन्त्रणा पत्र लगायत स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र शाहले बताए। खोप विश्व स्वाथ्य संगठनबाट मान्यता प्राप्त भएकाले ढुक्कका साथ खोप लगाउन मिल्ने उनले बताए।  खाेपकाे संवेदनशीलताको ख्याल राख्दै सावधानी अपनाएइको र तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खोप लगाइने उनले बताए ।


शिखर नगरपालिकामा फागुन १३ गते देखि १७ गते सम्म खोप अभियान सञ्चालन हुने छ। यस बीचमा छुटेका अन्य खोपहरु पनि लगाइने छ ।

Related News

समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो
समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो
  • २०८० फाल्गुन ११

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...

TOP