२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

बन्लेकमा स्वाथ्य शिविर : एक सय ३० जना बिरामीले लिए सेवा

दिपायल – शिखर नगरपालिका – १० बन्लेकमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय ३० जना बिरामीले सेवा लिएका छन् ।

दीपावलीको अवसर पारेर अमेरिकामा बस्दै आएका गणेश लुहार (निश्चल)को आर्थिक सहयोग एबं सहरी स्वाथ्य केन्द्र बन्लेकका प्रमुख दिपक बलायरको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो ।

जाडो मौसम सुरुवात भएसँगै जेष्ठ नागरिकहरुको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बन्लेक सहरी स्वास्थ्य केन्द्रका प्रमुख दिपक बलायरले बताए । शिविरमा प्रेसर, दम, सुगरको चेकजाँच गर्नुका साथै सामान्य उपचार गरिएको उनले बताए । स्वास्थ्य समस्या देखिएका बिरामीहरुलाई निशुल्क औषधि पनि वितरण गरिएको थियो ।

शिविरमा ७० जना पुरुष र ६० जना महिलाले स्वाथ्य सेवा लिएको आयोजकले जनाएको छ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० कार्तिक २५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP