२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

कैलालीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

कैलालीमा पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल, आँखा उपचार केन्द्र, प्रादेशीक अस्पताल, स्वास्थ्य केन्द्रहरु लगायत निजी क्लिनिकमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ ।

गेटा आँखा अस्पतालका बाल नेत्र विशेषज्ञ डा. सुजाता भण्डारीले अस्पतालमा केही दिन यता आँखा पाक्ने बिमारीको संख्या बढ्दै गइरहेको बताए । उनले अस्पतालमा आँखा चेक जाँच गर्न आउने ६०÷७० जना बालबालिकाहरुमा आँखा पाक्ने समस्या देखिएको जानकारी दिईन् ।

कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुने,आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने लगायतका जस्ता लक्षणहरु देखिने नेत्र विशेषज्ञ डा. सुजता भण्डारीले बताईन् ।

धनगढी नेत्रालयका नेत्र विशेषज्ञ डा. रविधर भण्डारीले अस्तापलमा आउने ६०÷७० जनामा आँखा पाक्ने समस्याका विरामीहरुले पश्चिम टुडेलाई बताए । उनले बच्चा देखि बृद्ध सम्मका विरामीहरुमा आँखा पाक्ने समस्या रहेको समेत बताए ।

यस्तो समस्या भएका बिरामीले तुरुन्त नजिकको आँखा उपचार केन्द्र, आँखा अस्पतालमा आँखा चेकजाँच गर्न आउन विरामी तथा उनका आफन्तजनलाई बिरामीलाई चेकजाँच गर्न आउन हुन आग्रह गरे ।
यो रोग अत्यन्तै तिब्र गतिमा सर्ने भएकाले रोग लागेको व्यक्तिले विद्यालय,बजार जस्ता बढि भिडहुने ठाउँहरुमा जान नहुने चिकित्सकहरुले सल्लाह दिएका छन् ।

अधिकांश विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढ्दो छ । धनगढी स्थित अधिकांश विद्यालयका शिक्षकहरुले विद्यालयमा अध्ययनरत कुनै एक विद्यार्थीमा आँखा रातो हुने, आँखा संक्रमण, आँखा पाक्ने लगायतका समस्या देखिएमा विद्यार्थीहरुका अभिभावकहरुलाई फोन गरी बोलाई घर लग्न र आँखा उपचार गर्न आग्रह गरेका छन् ।

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०८० श्रावण १२

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP