२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

बैतडीमा स्वास्थ्यचौकी हाताभित्र मध्यपान गर्नेलाई पाँचहजारसम्म जरिवाना

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीले स्वास्थ्यचौकी हाताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको स्वास्थ्यचौकी व्यवस्थापन समितिको बैठकले स्वास्थ्यचौकी हाताभित्र मध्यपान गर्नेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना गर्ने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्यचौकी प्रमुख सुरेश सार्कीले बताए ।

पहिलो पटकलाई एक हजार, दोस्रो पटकलाई दुई हजार ५०० र तेस्रो पटकलाई ५ हजार जरिबाना गरिने भएको छ ।

यस्तै, संस्थाको हाताभित्र धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई संस्था बाहिर निकाल्ने वा सय रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरिएको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० श्रावण २

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP