कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल चीनको वुहानले सामाजिक दूरी (सोसियल डिस्टेन्स) बारे पाठ सिकाएको छ ।
त्यो पाठ हो – सामाजिक दूरी ६ फिट हैन १३ फिट हुनु जरुरी छ । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस १३ फिटसम्म प्रभावित हुन सक्ने बताएका छन् ।
यसबाट स्पष्टै हुन्छ कि नेपालमा अपनाइएको सामाजिक दूरी असफल नीति हो ।
विश्वभरमै कोरोनाको संक्रमण फैलिन नदिन विभिन्न उपायहरु अपनाइएका छन् । त्यसमा सबैभन्दा गतिलो उपाय सामाजिक दूरी नै हो ।
तर त्यो दूरी कति हो त भन्नेमा अलमल छ । चिकित्सकहरु पनि यसमा अलमलमा छन् । देखासिकी गर्ने चिकित्सकहरु अझ अव्यवहारिक छन् ।
कोरोनाबाट बच्नका लागि दुई मानिसबीचको दूरी कम्तीमा ६ फिट हुनु पर्ने बताइएका बेलामा चिनियाँ वैज्ञानिकहरुले भने १३ फिट हुनुपर्ने बताएका छन् ।
वुहानको एक अस्पतालबाट पाइएको रिपोर्टपछि ६ को सट्टा १३ फिट सामाजिक दूरी बनाउन जोड दिइएको हो ।
योसंगै कोरोनामाथि नियन्त्रण बनाउन सफल वैज्ञानिकहरुले बिरामीलाई होम क्वारन्टाइनमा रहने रणनीति पनि अफल भनेका छन् ।
यसबाट उनीहरुले क्लस्टर संक्रमण फैलिने खतरासमेत रहेको बताएका छन् । चिनियाँ वैज्ञनिकहरुले वुहानबाट सबैभन्दा बढी अस्थायी रुपले तयार गरिएको हुओशेन्जेन अस्पतालमा एक इन्टेन्सिभ केयर युनिट र जनरल कोभिड–१९ वार्डको भुइँ र हावाको नमूना परीक्षणपछि यो निष्कर्ष निकालेका हुन् ।
यो अस्पतालका दुवै वार्डमा १९ फेब्रुअरी र २ मार्चको बीचमा २४ बिरामीलाई राखिएको थियो । जतिबेला वुहान किनै घातक संक्रमणको चपेटामा थियो ।
बेइजिङको एकेडेमी अफ मिलिट्री साइन्सको एक टिमले विभिन्न सतहको भुइँमा महामारीका संक्रामक भाइरसको परीक्षण गरेको थियो । जसको रिपोर्ट साइन्टिफिक जर्नल इमर्जिङ इन्फेक्सियस डिजिजमा छापिएको थियो ।
यो रिपोर्टले १० वटा नयाँ कुरा पत्ता लगाएको छ –
१, टोलीले यहाँ एयरोसोल प्रसारणको साथ अनुसन्धान गर्यो र पत्ता लगायो कि भाइरसले भरिएको आच्छ्युँ वा खोकीले उत्पादित छिटो यति सशक्त हुन्छ कि तिनीहरू हावाको अंश बन्छन् र केही घण्टासम्म समान हावामा रहन्छन् ।
२, संक्रमित गर्ने यो छिटा सामान्य रुखाखोकी भन्दा फरक हुन्छ जुन केही सेकेन्डमै जमीनमा खस्छ र भुइँमा घुम्न थाल्दछ ।
३, तिनीहरूले पत्ता लगाए कि जब भाइरसले भरिएको एरोसोल एक बिरामीबाट अर्को स्वस्थ्य मानिसमा फ्याँकिएको थियो यसको क्षमता १३ फिटसम्म जान्छ । यसलाई डाउनस्ट्रिम भनिन्छ । जहाँ ८ फिट दूरीसम्म धेरै नै प्रभावकारी हुन्छ । जसलाई अपस्ट्रीम भनिन्छ।
४, यसले यस निष्कर्षमा पुर्याउँछ कि विश्वभर लिइएको सामाजिक दूरी निर्देशन असफल छ ।
५, अहिलेसम्म यो स्पष्ट छैन कि ल्ट्राफाइन कण संक्रामक छन् । किनकि विश्व स्वास्थ्य संगठनले अहिलेसम्म जोखिमलाई कम महत्त्व दिएको छ भनिन्छ।
६, उक्त अनुसन्धान गर्ने वैज्ञानिक टोलीले वार्डका भुइँमा बढी नै संक्रमण जम्मा भएको पाएको थियो । सम्भवतः गुरुत्वाकर्षण र वायुको प्रवाहको कारण अधिकतर भाइरसको थोपा जमिनमा तैरिएको थियो ।
७, टोलीका अनुसार उनीहरुले छोएका वस्तुहरु जस्तै कम्प्युटर माउस, खाली बोतल, पलङ, रेलिङ र ढोकाका सतहहरुमा छुने स्थानमा भाइरसको उच्च मात्रा भेटिएको छ । आइसीयूमा मेडिकल स्टाफका जुत्ताको आधा नमूनामा पोजेटिभ पाइएको थियो । जसका कारण स्पष्ट छ कि स्वास्थ्यकर्मीहरु बढी नै संक्रमणको जोखिममा छन् ।
८, वैज्ञानिकहरूले उक्त अस्पतालका कुनै पनि स्टाफमा संक्रमित नभेटिएको बताएका छन् । यसको मतलब यो हो कि ठीक ढंगले सावधानी अपनाउने हो भने संक्रमण फैलिँदैन ।
९, अचम्म लाग्ने कुरा यो हो कि यस टोलीका वैज्ञानिकहरूको सल्लाहले लकडाउनको क्रममा क्वारेन्टाइन दिशानिर्देशहरू पनि खारेज गरेको छ । संक्रमितलाई घरमै आइसोलेटेड गर्दा राम्रो रणनीति बन्न सक्दैन ।
१०, अधिकांश व्यक्तिहरूसँग व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० हुँदैन । वैज्ञानिकहरू भाइरस संक्रमित व्यक्तिहरूलाई घरहरूमा अलग्ग गराउँदा मात्र क्लस्टर लेभलका केसहरू बढ्न सक्ने बताउँछन् ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...