२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गरिने

दिपायल- सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए । बैठकले अस्पताललाई स्तरोन्नति गर्नका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो ।

हाल सो अस्पताल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ श्रावण २४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP