दिपायल – जिल्ला अस्पताल डोटीलाई वर्षायाममा हुन सक्ने सम्भावित महामारी र विपद्का लागि आवश्यक औषधि हस्तान्तरण गरिएको छ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबं नेवि संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीको व्यक्तिगत सहयोगमा प्राप्त औषधि मंगलबार हस्तान्तरण गरिएको हो ।
नेता शाहीले पठाएको ६ कार्टुन बढी औषधि नेपाली कांग्रेस डोटीका पूर्व जिल्ला सदस्य कुबेर खड्काले जिल्ला अस्पतालका प्रखुक मेसु निराजन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
मेसु श्रेष्ठले अस्पताललाई उपलब्ध औषधि विपद् र महामारीमा काम लाग्ने बताउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
डोटीमा पहिरोको उच्च जोखिम हुनुका साथै वर्षातमा सरुवा रोगहरूको संक्रमण पनि बढ्ने सम्भावनालाई मध्यनजर गरेर जिल्लाबासीले स्वास्थ्य समस्या देखिएमा नि:शुल्क औषधि पाउन भनेर जिल्ला अस्पताललाई उपलब्ध गराएको नेता शाहीले बताए । उनले उक्त औषधिको समुचित सदुपयोग हुनेमा विश्वास व्यक्त गरे।
शाही यसअघि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पनि सक्रिय रहेका थिए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...