दिपायल- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार भारतबाट फर्किएका र स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा संक्रमण देखिन थालेको हो ।
सुदूरपश्चिम प्रदेश गत जेठमा कोरोनामुक्त घोषणा भएको थियो । हाल कैलालीका २७ र कञ्चनपुरका १० जना गरि ३७ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक निर्देशनालयको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा मात्रै १७ जना संक्रमित थपिएका छन् ।
प्रदेशका पहाडी जिल्लाहरु डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा र दार्चुलामा संक्रमित नदेखिए पनि भारतसँग नाका जोडिएका कैलाली र कञ्चनपुरमा भने सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...