२०७९ असार १७, शुक्रबार
July 1, 2022, Friday

यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सञ्चारकर्मीसँग छलफल


दिपायल- डोटीमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि छलफल गरिएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जिल्लाको अवस्थाका विषयमा छलफल गरिएको हो ।

जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या मासिक रुपमा वृद्धि हुँदै गए पनि असुरक्षित गर्भपतन गराउने कार्यपनि नरोकीयको कार्यक्रमका सहभागिहरुको भनाई छ । परम्परागत रुपमा गरिने गर्भपतनमा कमी आएपनि सूचिकृत स्वास्थ्य संस्था बाहारी पनि गर्भपतन हुने गरेकोले यसको रोकथाम र न्युनिकरणका लागि मिडियाको महत्वपूर्ण भुमिका रहने बारे बहस भएको थियो ।

महिला तथा समुदायमा सुरक्षित गर्भपतन सेवा, कानुनी प्रावधान, गर्भपतन सम्बन्धि अधिकार र यसका असरका विषयमा जानकारी नहुँदा थुप्रै समस्याहरु झेल्नुपर्ने बाध्यता रहेको छलफलकर्ताको निष्कर्ष रहेको थियो । कार्यक्रममा अवैधरुपमा औषधि पसलहरुले विक्रि वितरण गर्ने गर्भपतनका औषधि, सुरक्षित गर्भपतनका फाइदा, असुरक्षित गर्भपतनका असर र कारणका विषयमा छलफल भएको थियो ।

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि महिलाको अधिकार, कानुनी व्यवस्था र चुनौतीका विषयमा पत्रकार रामहरी ओझाले प्रस्तुति राख्नु भएको थियो । जिल्लामा सुरक्षित गर्भपतनको अवस्था र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि आम मानिसको बुझाइ र सञ्चारकर्मीले खेल्नसक्ने भुमिकाका विषयमा जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर सोहन साहले जानकारी दिनुभएको थियो ।

आइपास नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्चले सहजिकरण गरिरहेको परियोजना र कार्यक्षत्रका विषयमा कार्यक्रम अधिकृत मधु पोख्रेलले जानकारी गराउनु भएको थियो । धेरै जसो महिलाहरुले गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा अपाउने गरेका कारण यसको न्युनिकरणका लागि मिडियाले महत्वपूर्ण भुमिका निर्भाह गर्न सक्ने कार्यक्रम अधिकृत पोखरेलले बताउनु भयो ।

सुरक्षित गर्भपत अधिकार र सेवाको बारेमा सकारात्मक सन्देश, सुचना र समाचार सम्प्रेसणले समाजमा सकारात्मक व्यवहार तथा धारण बनाउन सहज हुने भएकाले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव शिद्धराज जोशीले बताउनु भयो ।

कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भंपतनका विषयमा कलम चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Related News

सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
  • २०७९ जेष्ठ १२

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...

TOP