२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुजङ्ग अस्पतामा हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस , बवासीरको उपचार सहित इन्डोस्कोपी सेवा थपियो

डोटी-सुजङ्ग अस्पतालले स्वास्थ्य सेवा थप गरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र ५० शैयाको उक्त सामुदायक अस्पतालले जनरल सर्जन एमडी डाक्टर थप गरेको हो ।

यस अघि महिला विशेषज्ञ सेवा सहितको अन्य नियमित स्वास्थ्य सेवा दिदै आएको उक्त अस्पतालमा जनरल सर्जन विशेषज्ञ डाक्टर थप भएसँगै उपचारका लागि तराइ तथा भारत  जानुपर्ने वाध्यता हट्ने भएको छ ।

जनरल सर्जन सेवा थप भएसँगै हर्निया, हाइड्रोसील, बवासीर, एपेन्डिसाइटिस, पत्थरी र पित्तथैली, शरीरमा गाँठागुठी आएको, मासु पलायको जस्ता रोगको उपचार तथा अप्रेसन हुने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

जनरल सर्जन विशेषज्ञ एमडी डाक्टर राजीव ढकाललाई  एक कार्यक्रमका बीच स्वागत गरिएको छ । अस्पतालका प्रशासन प्रमुख तथा अस्पताल परिवारले डाक्टर ढकाललाई स्वागत गरेका हुन् ।

उपचारको अभावमा यहाँका जनताहरुले अकालमै ज्यान गुमाउन नपरोस् भनेर पहाडी जिल्लाहरुका जनताहरुको जनस्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाहरु थप गरिएको प्रशासन प्रमुख बलायरले बताए ।

सुजङ्ग अस्पताल महिला विशेषज्ञ (गाइनो) सेवा र जनरल सर्जन विशेषज्ञ सेवा नियमित रुपमा उपलब्ध गराउने पहाडी जिल्लाहरुको एक मात्र अस्पताल बनेको छ । यस अघि उपचारका लागि तराइका जिल्लाहरु र भारत जाने विरामीहरुले डोटीमै उक्त सेवाहरु पाउँदै आएका छन् । अस्पातलमा आधनुनिक उपकरण सहितको ल्यावको समेत व्यवस्था रहेको छ ।

अस्पतालले अहिले ओपिडी, गाइनो, चौबिसै घण्डा इमरजेन्सि सेवा, प्रशुती, सल्यक्रियाद्वारा प्रशुती, पाठेघरको शल्यक्रिया, एक्सरे, ल्याव, महिला बिशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालबाट बरिष्ठ प्रसुती तथा स्त्री रोग (निःसन्तान) बिषेशज्ञ एम.बि.बि.एस., एम.डी. डाक्टर श्याम मुखियाले बाँझोपन, महिलाको पाठेघर, स्तन सम्बन्धि रोगहरुको उपचार, अप्रेसन गर्दै आएकाछन् । महिलाको पाठेघर खसेको वा खसे जस्तो हुने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनी मार्ग दुख्ने, चिलाउने, सुख्खा हुने, पोल्ने सेतो पानी बग्ने, गन्ध आउने, विविरा आउने, स्तन दुख्ने, स्तनमा गाँठागुँठी भएको मासु पलाएको जस्ता समस्याको उपचार, अप्रेसनका साथै अप्रेसद्वारा सुत्केरी पनि गरिन्छ ।

पहाडी जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुरु

सुजङ्ग अस्पतालले जनरल सर्जन सेवा सुरु गरेसँगै इन्डोस्कोपी सेवा पनि सुरु गरेको छ । सुदूरपश्चिमका तराईका जिल्लामा रहेका केही अस्पतालमा मात्रै रहेको इन्डोस्कोपी सेवा पहाडी जिल्लामा पहिलो पटक सुरु गरिएको हो ।

सेवा सुरु भएसँगै इन्डोस्कोपी गर्नका लागि बिरामीहरुले भारत तथा सुदूरपश्चिम बाहिर जानु पर्ने वाध्यता हट्ने भएको छ ।

‘आमासयसम्बन्धी ताथा सानो आन्द्राको पहिलो भागमा रहेको रोग पहिचान गर्न इन्डोस्कोपीले सहयोग गर्छ । यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ,’ डा. ढकालले भने, ‘खाना निल्न गाह्रो हुने, बान्ता हुने, मुखबाट रगत आउने भएमा समस्या पहिचान गर्न यो प्रविधि बढी उपयोगी हुन्छ ।’

इन्डोस्कोपी गर्दा शरीरमा पातलो नली राखेर शरीरभित्रका अङ्गमा परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरी बिरामीको समस्या पहिचान गर्न सजिलो हुन्छ । गलाको समस्या, आन्द्रा सुन्निने, पित्त थैलीमा पत्थरी, पेटको अल्सर, दिसा पिसाबबाट रगत बग्ने, गर्भावस्थामा समस्या देखिए, शल्यक्रिया गर्नु अगाडि र अन्य समस्या देखिएमा इन्डोस्कोपी गरिन्छ ।

भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेट इन्डोस्कोपी गरेपछि आउने सूचनाका आधारमा चिकित्सकले उपचार प्रक्रिया अघि बढाउँछन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ बैशाख ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP