२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

कोरोना संक्रमितसंगै आएका थिए डोटीका २ सय १४ जना

डाटी- शनिबार कोरोना संक्रमणको पहिचान भएका कैलालीका संक्रममितसंगै भारतबाट गौरीफण्टा नाका हुँदै ९ सय ९९ जना नेपाल प्रवेश गरेका थिए । ति मध्य २ सय १४ जना डोटी प्रवेश गरेका थिए । ।

सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट आएका उनिहरुले गौरीफन्टामा नाकामा नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन समेत गरेका थिए। त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका २१ जिल्लाका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो । उनिहरु सबैलाई सम्बन्धित जिल्लामै क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको थियो ।

कुन जिल्लाका कति ?

गौरीफन्टाबाट उद्धार गरिएका नेपाली मध्ये सबैभन्दा बढी कैलालीका १ सय ९१ जना थिए । उनीहरुलाई ५ वटा बसमा सम्बन्धित स्थानीय तहमा पठाइएको थियो। त्यस्तै डोटीका २ सय १४ जनालाई पनि ६ वटा बसमा सम्बन्धित स्थानीय तहमै पुगाउने व्यवस्था गरिएको थियो ।

बैतडीका ८७, बझाङका ६८, अछामका ६६, डडेल्धुराका ६५, कञ्चनपुरका ५१ र दार्चुलाका ३४ जनालाई बसमा सम्बन्धित जिल्लामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुदूरपश्चिम बाहिरका पनि एक सय २२ जनालाई बसमा सम्बन्धित जिल्ला पठाइएको थियो।

सुर्खेतका ४३, पाल्पाका ३८, कालिकोटका १२, दाङका ८, प्युठान र बाग्लुङका ३र३, कपिलवस्तुका २, बर्दिया, बाँके, जनकपुर, चितवन, रुकुम, रुपन्देहीका १र१ जनाको उद्धार गरी पठाइएको थियो । संघीय सरकारको आदेशपछि सुदूरपश्चिम सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसँंग समन्वय गर्दै २१ वटा बसमा उनीहरुलाई गन्तव्य पठाएको हो ।

कैलाली प्रहरीको तथ्याङ्कमा डोटीका २ सय १४ जनालाइ सो दिन उद्धार गरी पठाइएको भनिय पनि त्यो अबधिमा भारतका बिभिन्न ठाउँबाट आएका चार सय बढीलाई क्वारेण्टाइनमा राखिएको छ । प्रहरीको तथ्याङ्कमा कम देखिए पनि डोटीका स्थानिय तहका अनुसार त्यो दिन संक्रमित संगै डोटी प्रवेश गर्नेको संख्या बढी छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र २३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP