२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

तराईमा कोरोना संक्रमण: पहाडमा सन्त्रास

राम बहादुर रावल

डोटी- सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनीवार तीनजना नोवेल कोरोनाभाईरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ ।

नेपालमा भेटिएका नौजना संक्रमितमध्ये चारजना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन् । त्यसमा पनि शनीवार भारतबाट आएकामा संक्रमण देखिएपछि यहाँको जनस्तरमा त्रासदीको माहोल बढेको छ । कोभिड–१९ देखिएका भारतबाट आउनेहरुमा कैलालीका २१ वर्षिय युवा मुम्वई र कञ्चनपुरका ४१ वर्षिय पुरुष उत्तराखण्डबाट आएका हुन् ।

यसरी अहिले सयौँको संख्यामा संक्रमित भेटिईरहेका भारतका सहरबाट आएका नेपालीहरु समुदायमा छ्यापछ्याप्ती छन् । जसका कारण यहाँको जनस्तर त्रसित छ । ‘एउटै गाउँमा सयौैँको संख्यामा भारतबाट आएका युवाहरु छन् यतिबेला,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज भट्ट भन्छन्,‘तीमध्ये को कतिबेला ?कोसंग सम्पर्कमा पुगे लेखाजोखा नै छैन् ।’

संक्रमणको पुष्टी भएका कैलालीका २१ वर्षिय युवा चैत्र ११ गते लकडाउनपछि गौरिफण्टामा थुनिएका नौ सय ९९ सयमध्येका एक भएको खुलेको छ । उनीहरुलाई नेपाल प्रवेश गराएर हाल नौवटै जिल्लामा क्वारेन्टाईनमा राखिएको छ । जहाँबाट पनि कैयौँ भागेर घर पुगिसकेका छन् ।
डोटीमा मात्रै चैत्र ११ गतेयता भारतबाट आएका ४ सय ३४ जना क्वारेन्टाईनमा छन् । त्योभन्दा अगाडी आएका हज्जारौँ युवा गाउँगाउँ पसिसकेका छन् ।

‘मुख्य जोखिम भारतबाट आएकाहरुमा केन्द्रीत छ,’ डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने,‘पछिल्लो पटक आएकालाई त क्वारेन्टाईनमा राखेका छौ ।’ यद्यपी डोटीमा भने अहिलेसम्म शंखास्पद बिरामी निकै कम भेटिएका छन् । जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म तीनजनाको स्वाँव परिक्षण गरिएको छ । जसमा सबैको नतिजा ‘नेगेटिभ’ आएको छ ।

कैलाली र कञ्चनपुरमा चारजना संक्रमितको पुष्टी भएपछि सतर्कता बढाउने प्रयत्न सरोकारवालाले गरिरहेका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आईसोलेसन बेड बढाउन थालिएको छ । जिल्ला अस्पतालले दुईवटाबाट बढाएर १० वटा आईसोलेसन बेड पु¥याएको छ । ‘विरामीको संख्या बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै एउटा छुट्टै भवनलाई तयारी अवस्थामा राखेका छौ,’ अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. ज्योती पाण्डेले भनीन्,‘हाललाई १० बेड आईसोलेसन पु¥याएका छौ ।

यसअघि जिल्लाका पाँचवटा अस्पतालका ११ वेडलाई आईसोलेसन बनाईएको थियो । बाँकी अस्पतालमा पनि अवस्थाअनुसार बेड बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र २२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP