२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

देशभर १०५ जना ‘आइसोलेसन’मा :- ६ जना संक्रमित

कोरोना भाइरस संक्रमणको आशंकमा देशभर १०५ जना ‘आइसोलेसन’मा रहेको छन् । ती मध्ये १६ जना काठमाडौं र ९९ जना अन्य प्रदेशका विभिन्न अस्पतालमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. देवकोटाले हालसम्म एक हजार १८४ जनाको स्वास्थ्य परीक्षण भइसकेको र ४३ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र १२ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुँदै गरेको जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशाला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु भइसकेको भन्दै डा. देवकोटाले बुटवल, सुर्खेत, धनगढी र जनकपुरमा आजैबाट परीक्षण सुरु गरिने जानकारी दिए ।

कोरोना संक्रमित भेटिएका व्यक्तिहरुको सम्पर्कमा आएका अधिकांश व्यक्तिहरुको पहिचान कार्य सकिएको भन्दै अब चाँडै नै सबैलाई पत्ता लगाइने उनको भनाइ थियो ।

६ जना संक्रमित

बिहीबार नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

यही चैत ४ गते कतार एअरवेजको ‘क्यूआर ६५२’ नम्बरको फ्लाइटबाट आएकी बागलुङ निवासी ६७ वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । छैटौं संक्रमित उनी स्वदेश आएपछि घरमै ‘क्वारेन्टाइन’मा बसेकी थिइन् ।

यसअघि, चैत ४ गते नै कतार एअरको सोही फ्लाइटबाट नेपाल आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरुको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७६ चैत्र २०

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP