२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

निजी अस्पतालले सेवा नदिए कारवाही गरिने

निजी अस्पतालहरूले सेवा नदिए गोरखा नगरपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ।

औषधि पसल, निजी अस्पताल, पोलिक्लिनिकहरूले सेवा प्रवाह नगरेको गुनासो आएपछि नगरपालिकाले निजी अस्पताल र औषधि पसलबाट सेवा दिन निर्देशन दिएको हो। 

‘ओपिडी र इमरजेन्सी सेवा निरन्तर सञ्चालन गर्नु हुन अनुरोध छ,’ नगरपालिकाले बुधबार सूचना निकालेर भनेको छ, ‘सेवा प्रवाह गरेको नपाइए कानुनबमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ।

आफूसँग भएका औषधि पनि विक्री वितरण नगरेको पाइएकोले निजी अस्पताल, औषधि पसललाई कारवाही गर्ने चेतावनी नगरपालिकाले दिएको हो।

तर निजी औषधि पसल सञ्चालकहरूले भने अत्यावश्यक पर्ने पिपिईलगायत सामग्री नभएकोले जोखिम मोलेर सेवा प्रवाह गर्न नसकिने बताउँदै आएका छन्।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७६ चैत्र १९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP