डोटी – राजपुर स्थित सुजङ्ग अस्पतालमा सुत्केरी महिलाको शल्यक्रिया सफल भएको छ । दिपायल पिपल्लाकी २९ बर्षिया कलावती गुप्ता भुर्जीको शल्यक्रियाद्वारा बच्चा निकालिएको हो ।

यस अघि पनि समयमै बच्चा जन्माउँन नसकेका कारण पेटमै बच्चाको मृत्यु भएको स्मरण गर्दै उनका श्रीमान अनिल कुमार भुर्जीले यो पटक समयमै अस्पताल पु¥याएको बताए । उनले भने,‘जिल्लामा यो भन्दा पहिला अप्रेस गरेर सुत्केरी गराउँने व्यवस्था नहुँदा पेटमै बच्चा गुमाउँनु प¥यो । अहिले सुजङ्ग अस्पतालमा सुबिधा रहेछ । आमा र बच्चा अहिले दुबै ठिकछन् ।’
सल्यक्रिया पछि बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको शल्यक्रियामा संलग्न महिला बिशेषज्ञ डाक्टर नितु यादवले बताइन् ।
यसअघि फागुन २५ गते केआइसिंह गाउँपालिका–४ वायलकी २३ बर्षिय देवी कार्कीले पनि शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन् ।

अस्पतालले महिला बिशेषज्ञ सेवा सुरु गरेपछि यहाँका धेरै सुत्केरी तथा पाठेघरका बिरामिहरुले गुणस्तरिय सेवा पाउँदै आएका छन् । डाक्टर तथा अस्पतालले निःशुल्क स्वास्थ्य शिविरहरुमा समेत सहयोग गर्दै आएकाछन् ।
अस्पतालमा महिला बिशेषज्ञ सेवा संगै ओपिडि सेवा, इमर्जेन्सि सेवा, रंगिक एक्सरे, डिजिटल भिडियो एक्सरे, फार्मेसी लगायतका सेवाहरु उपलब्ध छन् । त्यो संगै अस्पतालले कोरोना संक्रमित तथा आशंका गरिएका ब्यक्तिको उपचारका लागि दुई बेड आइसोलेशन कक्ष, छुट्टै ट्वाइले बाथरुम तयार पारेको छ ।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...