२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

सशस्त्र एसपीको रगतले बचायो सुत्केरीको ज्यान

पवन महरा
डोटी –
सशस्त्र प्रहरीले दान गरेको रगतका एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर गण दिपायलका प्रमुख प्रहरी उपरीक्षक जहर सिंह बुढाले दिएको रगतका कारण सायल गाउँपालिका–६ स्वाणकी २४ बर्षीय सीता बिकको ज्यान जोगिएको हो ।

पेटमा जुम्ल्याह बच्चा भएकी बिकले सोमबार एउटा बच्चा गाउँमै पाएकी थिइन् । अर्को बच्चा पाउँन नसके पछि उनलाई राजपुरस्तिथ सुजङ्ग अस्पताल ल्याइएको थियो । ४ बजे अस्पताल पुगिकी बिकको अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

अत्याधिक रक्तश्रावकाले ज्यान नै खतरामा परेकी बिकलाई एसपीले एक प्वाइन्ट ‘बी पोजेटिभ’ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । उनले भने, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, एसपीले रगत दिएपछि उहाँको ज्यान जोगियो ।’

अहिले आमा र दुबै बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७६ चैत्र १८

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP