कैलाली – सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित व्यक्ति दुबईबाट चार बर्ष पछि नेपाल पर्किएका थिए । रोजगारीका लागि युएईको दुबईमा चार बर्ष बिताएका उनी एक महिनाको विदामा नेपाल फर्किएका हुन् ।
नेपालले खाडी मुलुकबाट आउने सबै उडान रोकेकाले उनि चैत्र ७ गते दुबईबाट फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको जहाँजमा दिल्लीका लागि उडे । दिल्ली विमानस्थल पुगेको ६ घण्टापछि मात्रै उनि ७ गते नैै काँठमाण्डौंका लागि उडे । उनीसंगै झापाका उनका साथी पनि एउटै उडानबाट नेपाल आएका थिए ।
७ गते राती काठमाण्डौं पुगेका उनि काठमाडौं स्थित आफ्नो मामाघरमा बसेका थिए । मामाघरबाट ८ गते उनि काठमाण्डौं विमानस्थल हुँदै दिउँसो १२ बजे बुद्ध एयरको नियमित विमान मार्फत नेपालगञ्ज विमानस्थलमा झरे । नेपालगञ्जबाट सोभै धनगढी आउँने गाडी नपाएपछि महेन्द्रनगरको सार्वजकिन बसमा चढेर अत्तरिया पुगेका थिए ।
त्यहि दिन साँझ अत्तरियाबाट धनगढीको सार्वजनिक गाडीमा धनगढी स्थित आफ्नो घर पुगेका थिए । ९ र १० गते घर परिवार र छरछिमेकसंग भेटघाट भएको उनि बताउँछन् । यो विचमा केहि आफन्त र साथिभाइहरु संग पनि भेटघाट भएको देखिन्छ । कोरोना संक्रमण हुँन नदिन दुबई देखी नै होसियारी अपनाउँदै माक्स सेनेटाइजर प्रयोग गर्दा गर्दै पनि संक्रमण देखिनुले उनि अचम्मित भएको बताउँछन् ।
७ गते काठमाडौँ पुगेका उनी ८ गते धनगढी पुगे भने ११ गते सम्म उनले धेरैसंग भेटघाट गरेको स्थानीय प्रशासनले जनाएको छ । नेपाल पुगिसको पाँचौ दिनपछि मात्रै सेती प्रादेशिक अस्पतालको आईसोलेसमा भर्ना भएका थिए । पाँच दिनको अवधीमा उनले परिवारका सदस्य र आफन्तसंग भेटघाट गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘कोरोना संक्रमित उनले धेरैलाई भेटेको पाइएको छ । सबैको खोजी भईरहेको छ।’
स्वास्थ्यमा सामान्य समस्या भएपछि उनि चैत ११ गते सेती प्रादेशि अस्पता धनगढीमा भर्ना भएका थिए । अस्पतालले उनलाई कोरोना संक्रमणको आशंकामा सोही दिन आईसोलेसन वार्डमा भर्ना गरेको थियो ।
आईसोलेसनमा राखिएपछि उनको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो । आइतबार थ्रोट स्वाव नमूनाको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोनाको संक्रमण देखिएका ३४ वर्षीय उनि धनगढी उपमहानगरपालिका वडा नं. ५ हसनपुरका हुन् ।
प्रहरीले उनका परिवारका सदस्यलाई प्रादेशिक अस्पताल ल्याईएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले संक्रमित व्यक्तिका परिवारका ८ जना सदस्यलाई निगरानीमा राख्न एम्बुलेन्स मार्फत अस्पताल लयइएको बताए । उनीहरुको स्वास्थ्य अवस्था जाँच गर्दै परीक्षणका लागि नमूना संकलन गरि आइसोलेसनमा राखिनेछ ।
प्रहरीले संक्रमतिलाई अस्पतालमा भर्ना गर्ने थप एक जना र संक्रमितको सम्पर्कमा रहेका अन्यको समेत खोजी गरी निगरानीमा राख्ने तयारीमा गरेको छ । यो उपत्यका बाहिर कोरोना संक्रमित देखिएको पहिलो केस हो भने नेपालमा कोरोनाको संक्रमित भेटिएकोे चौथो केस हो ।
अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्तिलाई स्वास्थ्यकर्मीहरुले उपचार गर्न छोडेका छन् । ११ गतेदेखि आईसोलेसनमा रहेका उनी संक्रमित भएको पुष्टीभएपछि हिजो साँझदेखि स्वास्थ्यकर्मी उनको नजिक गएका छैनन ।
उनले सञ्चारकर्मीहरुसंग आफू बाँच्न चाहेको र आफ्नो उपचार गरिदिन स्वास्थ्यकर्मीहरुसंग आग्रह गरेका छन् ।
हिजो साँझदेखि स्वास्थ्यकर्मीहरु भेट्न आएका छैनन, आईसोलेनमा रहेका उनले टेलिफोनमा भने, घरका मान्छेले तातो पानी तताउने केतली ल्याईदिए । त्यसैमा पानी तताएर खाए । अरु केही खान पाएको छैन । उनले आफू संक्रमित भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकोले उपचार गरिदिन डाक्टरहरुसंग आग्रह गरे ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...