२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

उनी दुबईबाट आएका प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एक जनामा कोभिड- १९ रोग पोजेटिभ रिपोर्ट आएको छ,’उनले भने।

‘हामीले उहाँको विस्तृत विवरण संकलन गर्दैछौं। उहाँ उपचारको लागि २४ मार्चमा (गत चैत ११ गते) भर्ना हुनुभएको थियो’,उनले भने,‘आज रिपोर्ट आएको हो।

यो उपत्यका बाहिर देखिएको पहिलो केस हो।

यसअघि तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७६ चैत्र १४

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP