२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

नेपालमा कोरोनाविरुद्धको दुई करोड मात्रा खोप लगाइयो

काठमाडौं : नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म कोरोना भाइरसविरुद्धको दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको बताए। 

तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। सबभन्दा बढी शुक्रबार खोप लगाएका छन्।

उनका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन्। सरकारले दैनिक दुई लाखजनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ। 

सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो। अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदै छ।

यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको जानकारी दिए।

नेपालमा गत वर्ष माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो। तत्कालीन समयमा भारत सरकारले उपहार स्वरूप दिएको १० लाख मात्रा कोभिसिल्ड खोपबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो। 

Related News

६५ हजार धरौटीसहित तारिखमा छुटे ‘नक्कली’ डाक्टर
६५ हजार धरौटीसहित तारिखमा छुटे ‘नक्कली’ डाक्टर
  • २०७८ मंसिर २५

दिपायल– स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेको प्रकरणमा थुनामा रहेका...

TOP