धनगढी: संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि प्रदेशमै प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको आज १२ दिन पुगेको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत २ गते सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि नमूना संकलन गरेर वा बिरामीलाई केन्द्रमा पठाउने कार्य जोखिमपूर्ण र जटिल भएकाले प्रदेशमै प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको थियो।
तर सुदूरपश्चिम प्रदेशमा भने प्रयोगशाला स्थापनाका लागि वेवास्ता गरिएको छ। अहिले हवाई सेवा समेत बन्द रहेको अवस्थामा परिक्षणका लागि स्वाव पठाउन समस्या भईरहेको छ तर प्रदेश स्तरमै प्रयोगशाला स्थापना गर्न भने चाँसो दिईएको छैन्।
यता सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने अहिले नै प्रयोगशाला स्थापना गर्न सकिने अवस्था नरहेको बताए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टीम पनि आएको थियो। तर यसै आर्थिक बर्षभित्र प्रयोगशाला स्थापना गर्न सकिने सम्भावना कम छ। अर्को आर्थिक बर्षमा हामी बजेट विनियोजन गर्छाै।’ दिनेश खवरलाई मन्त्री सुवेदीले भने।
साभार : दिनेश खबर
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...