२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

९ दिनको अवधिमा सुदूरपश्चिमका ३२८१ जनाले जिते कोरोना

सुदूरपश्चिममा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गर्दा संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढिरहेको छ । आईतबार सुदूरपश्चिममा ३८४ जना कोरोना संक्रमित थपिदैं गर्दा ६०२ जना निको भएर घर फर्किएका छन् । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको पछिल्लो जेठ महिनाको ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमणमुक्त भएर घर फर्किनेको संख्या तीन हजार दुई सय ८१ जना रहेको छ ।  ९ दिनको अवधिमा आईतबार निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी ६०२ जना निको भएर घर फर्किएका छन् । त्यसपछि जेठ ७ गते ५९६ जना कोरोनालाई जित्दै घर फर्किएका छन् । 

निर्देशनालयको ९ दिनको तथ्याङ्क हेर्दा सबैभन्दा कम जेठ १ गते १४९ जना निको भएर घर फर्किएका थिए । तथ्यांक अनुसार जेठ २ गते २१७ जना, जेठ ३ गते ३२९ जना, जेठ ४ गते २३४ जना, जेठ ५ गते ३९८ जना, जेठ ६ गते ३३५ जना  र जेठ ८ गते ४२१ जना निको भएर घर फर्किएका छन् । 

केही दिन यता नयाँ संक्रमित र निको भएर घर फर्किनेको संख्या उस्तै उस्तै रहेको तथ्याङ्कले देखाएको छ । करिब एक महिना यता संक्रमितको संख्या ह्वात्तै बढेको छ । योसँग मृत्युदर पनि बढ्दै गएको छ । तर संक्रमण र मृत्युदर भन्दा पनि निको भएर घर फर्किनेको संख्या केही दिन यता बढ्न थालेको छ ।

निर्देशनालयले सार्वजनिक गर्दै आएको तथ्याङ्क अनुसार हालसम्म सुदूरपश्चिममा २३ हजार ३६० जना संक्रमण मुक्त भईसकेका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ जेष्ठ १०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP