डोटी– मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) कैलालीले केआईसिंह गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री र कोरोना परीक्षका लागि एन्टिजेन उपलब्ध गराएको छ । कोरोना महामारी नियन्त्रणका लागि संस्थाले एन्टिजेन, सर्जिकल मास्क, सेनेटाइजर, ग्लोव्स, पिपिई सेट, अक्सोपल्स लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
साइन नेपालद्वारा सञ्चाली केयर एण्ड रिलिफ परियोजना अन्तरगत एक सय किट एन्टिजेन, पाँच हजार सर्जिकल मास्क, १० लिटर सेनेटाइजर, ५० जोडी ग्लोव्स, दुई सेट पिपिई, दुई थान अक्सोपल्स मिटर गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीलाई स्तानतरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले बताए । संस्थाले यस अघि शिखर नगरपालिकालाई पनि एन्टिजेट र स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
कोरोना महामारी बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा महामारी रोकथाम र उपचारमा सहज हुने गरेर काम गर्दै आएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । उनले जिल्लाका अन्य स्थानीय तहहरुमा लागु भएको केयर एण्ड रिलिफ परियोजना आगामी वर्ष केआईसिंह गाउँपालिकामा पनि लागु पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
संस्थाले केआईसिंह गाउँपालिकाको वडा नं. ५ मा रहेको रानागाउँ स्वास्थ्य चौकीमै गएर सामग्री हस्तान्तरण गरेको हो । यस क्रममा सो वडामा भारतबाट आएका, लक्षण देखिएका र स्वास्थ्यकर्मीहरु गरी २५ जनाको एन्टिजेन बिधिमार्फत कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा एक जना स्वास्थ्यकर्मी अनमि र एक जना महिला स्वयम सेविकामा कोरोना सक्रमण पुष्टि भएको थियो ।
गाउँपालिकामा पटक–पटक स्वास्थ्य सामग्रीको अभाव हुने र खरिद गर्दा समेत नपाइने कारण महामारी नियन्त्रणमा समस्या भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । गाउँपालिकाले आफै एन्टिजेन खरिद गरेर परीक्षण गरिरहेको भए पनि थप एन्टिजेन नपाएका कारण परिक्षण रोकिएको बताए । स्वास्थ्य एबं सरकारबाट प्राप्त हुने स्वास्थ्य सामग्री अपुग हुने समस्या रहेको थियो अध्यक्ष शाहीले भने,‘महामारीका बीच साइन नेपालले सामग्री उपलब्ध गराएको छ जसले गर्दा केआईसिंह सरकारलाई ठुलो राहत महसुस भएको छ ।’
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...