२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday
कोरोना महामारी नियन्त्रणमा शिखर सरकार

शिखरमा निःशुल्क एम्बुलेन्स सेवा, आफ्नो गाडी र नगर बसमा समेत बिरामी बोक्ने मेयरको घोषणा

डोटी– शिखर नगरपालिकाले कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा दिदै आएको छ । जटिल स्वास्थ्य समस्या भएका नगर क्षेत्रका कोरोना बिरामीहरुलाई अस्पताल सम्म पु¥याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

जिल्लामा कारोना भाइरसको संक्रमण तिब्र गतीमा फैलिदै गर्दा नगरसँग भएका सबै स्रोत साधन र जनशक्तिको प्रयोग गरेर जनता बचाउने नगर प्रमुख सिताराम जोशीले बताए । जोशीले हालको अवस्थामा बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको बताउँदै महामारीले तिव्र रुप लिएको खण्डमा एम्बुलेनस वा सवारी साधन नपाएर कुनै पनि नगरबासीले ज्यान गुमाउनु पर्ने अवस्था नआउने बताए ।

‘नगरवासीले कोरोना संक्रमण हुँदैमा, स्वास्थ्यमा समस्या हुँदैमा डराउनु पर्ने अवस्था छैन, मेयर जोशीले भने,‘नगर सरकार र त्यस मातहतका स्वास्थ्य निकायहरु जनताको रक्षाका लागि खटिएका छौं । जनता बचाउनका लागि हामी नगरसँग भएका सवारीहरु आफु चढ्ने गाडी, नगरबस समेत एम्बुलेन्सका रुपमा बिरामी बोक्न र स्वास्थ्य उपचार दिन तयार छौं । जनताको सहज उपचार होस् भनेर आइसोलेसनको समेत व्यवस्था गदैछौं ।’

नगर प्रमुख जोशीले महामारीबाट जनताको रक्षा गर्ने र सहज स्वास्थ्य सेवा प्रभाव गर्ने गरी मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । उनले महामारीले तिव्र रुप लिएका खण्डमा, बिरामीले अस्पताल जान सवारी नपाएको अवस्थामा आफुले प्रयोग गर्ने गाडी र नगर बस समेत एम्बुलेन्सका रुपमा प्रयोग गर्ने बताए ।

भारत तथा अन्य मुलुकबाट आएका नगरवासी र कोरोना जस्तै लक्षण देखिएका व्यक्तिहरुले आफुलाई स्वनियममा राख्न मेयर जोशीले अपिल गरेकाछन् । नगर सरकार महामारी नियन्त्रणका लागि दिनरात खटिएको बताउँदै जोशीले नागरिकहरुले समेत महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् । जनताले आफुबाट परिवारमा, समुदायमा र अरु व्यक्तिमा संक्रमण नसरोस् भन्ने प्रण गर्दै स्वास्थ्य मापदण्डको पालना गरिदिए महामारी नियन्त्रणमा सहयोग पुग्ने बताउँदै मेयर जोशीले नागरिक पनि महामारी नियन्त्रणका लागि जिम्मेबार भैदिन आग्रह गरेका हुन् ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ जेष्ठ ७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP