२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

महामारीमा शिखर सरकारको पहल : वडा–वडामा परीक्षण, घरघरमा औषधी

डोटी- कोरोना महामारी समुदाय स्तरमै फैलिए पछि शिखर नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थालेको छ । नगर सरकारले समुदायमा कोरोना संक्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधी वितरण जस्ता कार्यक्रमलाई अगाडी बढाएको छ ।

नगर सरकारले बुधबार वडा नं. ८ र ११ मा ज्वरो आएका, स्वास्थ्य समस्या देखिएका २० जनाको एण्टिजेन परीक्षण गरेको छ । परीक्षणमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा कोरोना संक्रमण देखिएको छ । एण्टिजेन परीक्षण गर्ने सबै ज्वरो आएका व्यक्ति थिए ।

धेरै जासो व्यक्तिमा कोरोना नेगेटिभ देखिनुले समुदायमा भाइरल ज्वरोका बिरामीहरु धेरै रहेको पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए । २० जना बिरामीको परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण देखिनु र बाँकीमा नदेखिनुले भाइरल ज्वरो पनि फैलिएको उनले बताए । बिगत पाँच महिना यता ट्राभल हिस्ट्रि नभएका एक जनामा संक्रमण देखिनुले समुदायमा कोरोना संक्रमण पनि सुस्म रुपमा फैलिरहेको स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।

नगरले सबै वडा कार्यालयहरुमा स्वास्थ्य समस्या देखिएका बिरामीहरु र भारत लायतका अन्य मुलुकबाट आएका केही व्यक्तिहरुको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने नगर प्रमुख सिताराम जोशीले बताए । परीक्षणबाट समुदायमा कोरोना संक्रमणको अवस्थाका बारेमा जानकारी हुने र त्यहि अनुसार स्वास्थ्यका गतिविधिलाई अगाडी बढाउने उनले बताए ।

बुधरबार नै नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविका र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी मार्फत तत्काल बिरामी भैहाले आवस्यक पर्ने औषधि, स्वास्थ्य सामग्री मास्क र सेनेटाइजर समेत घरघरमा पुग्ने गरी वितरण गरेको छ । नगरसँग भएको विरण अनुसारनगरका ६ हजार घरधुरीका लागि उक्त सामग्री पठाउने कार्य भैरहेको र अपुग परिवारका लागि समेत थप गरेर पठाउने स्वास्थ्य शाखा संयोजक शाहले बताए ।

नगरले बिरामीबाट अरुमा संक्रमण नफैलियोस् भन्ने हेतुले लक्षण देखिएका व्यक्तिले प्रयोग गर्न सर्जिकल मास्क, सेनेटाइजर पठाएको हो । आइसोलेसनमा बसेका समयमा एक्कासी ज्वरो आए स्वास्थ्य संस्था पुग्नु अघि औषधि सेवन गर्न मिलोस भनेर प्यारा सिटामोल पठाइएको नगर स्वास्थ्ले जनाएको छ । नगरका सबैको घरघरमा सेनेटाइजर, मास्क र प्यारा सिटामोल पूर्व तयारी स्वरुप हुनु पर्ने गरी कार्यक्रम लागु गरिएको बताउँदै स्वास्थ्य शाखा प्रमुख शाहले बिरामी भएका व्यक्ति र परिवारका लागि स्वास्थ्य चौकीबाट थप औषधि र उपचार सेवा समेत उपलब्ध हुने बताए । परिवारका धेरै व्यक्तिमा स्वास्थ्य समस्या देखिए स्वास्थ्यकर्मी त्यही खटाएर प्राथमिक उपचार सेवा पनि दिने उनले बताए ।

नगरको वडा–वडामा परीक्षण र घरघरमा स्वास्थ्य सामग्री र औषधी कार्यत्रक्रमका लागि मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) कैलालीले पनि सहयोग गरेको छ । गैर सरकारी संस्था साइन नेपालले नगरपालिकालाई एक सय किट एन्टिजेन र स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबारबाट सुरु गरिएको एन्टिजेन परीक्षण र स्वास्थ्य सामग्री वितरण कार्यक्रममा साइन नेपालका अध्यक्ष भक्तराज जोशी, कोषाध्यक्ष मेघराज भट्टको पनि सहभागिता रहेको थियो । साइन नेपालका अध्यक्ष जोशीले संस्थाद्वारा सञ्चालीत केयर एण्ड रिलिफ परियोजना अन्तरगत नगरले अघि सारेको कार्यक्रमलाई सहयोग गरेको बताए । सो संस्थाको सहयोगमा शुक्रबार जिल्लाको केआईसिंह गाउँपालिकामा पनि एन्टिजेन परीक्षण कार्यक्रमको सुरुवात हुदैछ ।

महामारीमा नगरपालिकाले स्वास्थ्य सेवालाई थप परिचालित र जनतामुखी बनाउँदै लगेको प्रति नगरबासीले खुसी व्यक्त गरेकाछन् । नरपालिकाको अभियानले कोरोना महामारी नियन्त्रणमा सहज हुने र स्वास्थ्य सेवाको पहुँच सबै जनाता सम्म पुग्ने वडा नं. १ का वडाध्यक्ष खडक शाहीले बताए ।

प५िललो समय नगरले भारतबाट आएर होम तथा विद्यालयको आइसोलेसनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै निगरानी समेत गर्दै आएको छ ।

नगरले यस अघि नगरपालिकाको वडा नं. १, वडा नं. ४ लगायतका वडामा रहेका स्वास्थ्य संस्था मार्फत स्वास्थ्य सामग्री र औषधी वितरण गरेको छ भने अन्य वडामा पनि वितरण गरिने जनाएको छ । नगरले पहिलो चरणको कोरोना संक्रमण फैलिदा पनि स्वास्थ्य सामग्री, खाद्यान्न वितरण, संक्रममण परीक्षण देखि प्रवासबाट नागरिकको उद्दार समेत गरेको थियो ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ जेष्ठ ६

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP