२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

भारतलाई तहसनहस बनाएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको पुष्टि

काठमाडौं- नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। 

मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ।

परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ। हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ। 

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ ।

बी.१.६१७ भेरियन्टभित्र पनि तीनओटो सिक्वेन्स देखिएको छ, जसलाई बी.१.६१७.१, बी.१.६१७.२ र बी.१.६१७.३ नाम दिइएको छ ।

पहिलो र दोस्रो सिक्वेन्सधेरै संक्रामक देखिएको छ भने तेस्रो सिक्वेन्स निकै कम मात्र पाइएको छ । संक्रामक देखिएका दुईमध्ये पनि बी.१.६१७.२ सबैभन्दा धेरैमा देखिएको छ ।

Related News

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७८ जेष्ठ ४

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७८ जेष्ठ ४

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
  • २०७८ जेष्ठ ४

धनगढी- कैलाली जिल्लामा जारी निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिने तयारी गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि...

TOP