२०७९ श्रावण २९, आईतवार
August 14, 2022, Sunday

तरुण दल सभापति बमद्वारा गाउँपालिकालाइ एन्टिजेन टेष्ट किट सहयोग

बडीकेदार- तरुण दल बडिकेदार गाउँपालिका डोटीका सभापति केशब बहादुर बम केही दिन देखी कोरोना फोजेटिभ देखिएपछि होम आईसोलेसनमा छन् । उनलाई कोरोनो संक्रमण भएपछि त्यसबाट पर्ने समाजमा पर्ने प्रभाव र असर रामै्र भेगेका छन् ।

त्यस्तो पिडा भोगिरहेका बेला उनले आफ्नो तर्फबाट केही सानो सहयोग भएपनि स्थानीय सरकारलाई केहीसहज होस् भन्ने उदेश्यले बडिकेदार गाउँपालिकालाई कोभिड नाइन्टिन एन्टिजेन कीट सहयोग गरेका छ्न । गाउँपालिकामा भारत देखि आउनेको संख्यामा बढ्दै गएपछी कोरोना सक्रमणको पनि जोखिम बढ्ने सम्भावना भएको भन्दै कोरोना चेक गर्न सहयोग पुगोस् भनेर गाउँपालिकालाइ कीट सहयोग गरेको अध्यक्ष बमले बताए ।

अहिलेको महामारीमा सबैले सहयोग गर्नुपर्ने र मानबिय दायित्व पूरा गर्नु पर्ने उहाले भनाई छ । आफू जहिले पनि गाउँपालिकालाइ सहयोग गर्न तयार रहेको र फेरि पनि सहयोग गर्ने अध्यक्ष बमले बताए । उहाँले कीट सहयोग गरेर कोरोना महामारी धेरै सहयोग पुगेको र आगामी दिनमा पनि सहयोगको अपिक्षा राखेको बडिकेदार गाउँपालिका स्वास्थ शाखा सह–संयोजक खडक बहादुर धामिले बताए ।

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७८ जेष्ठ ४

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP