२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

नेपालमा एक सातामै १३६५ कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो एक सातमा १३५६ जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  थप २१४ जनाको मृत्यु भएको हो। यो सँगै पछिल्लो साता नेपालमा मृत्यु हुनेको संख्या १३५६ पुगेको हो।

मंगलबार २२५

बुधबार- १६८

बिहिबार – २१४

शुक्रबार- २०३

शनिबार- १८७

आइतबार- १४५

सोमबार- २१४ 

गत साता बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख र आइतबार अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघेको सरकारले बताएको थियो।

गत सातादेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा भन्दा नेपालमा ज्यान गुमाउनेको संख्या सर्वाधिक छ। हालसम्म अवधिमा कोरोनाभाइरसका कारण ४,६३६ जनाको मृत्यु भएको छ। यस्तै नेपालमा हालसम्म ५ हजार २ सय १५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपाली सेनाको शव व्यवस्थापन समूहले दिएको तथ्याङ्कका आधारमा उक्त संख्यामा कोरोना संक्रमितको ज्यान गएको हो। यो सँगै नेपालमा हालसम्म ५२१५ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा मुलुकभरका ८८ वटा प्रयोगशालामा गरिएको २१६५३ पिसिआर र  ४३४ एन्टिजेन परीक्षणबाट थप ९ हजार २ जनामा ४७ जनामा संक्रमण पुष्टि भएको हो।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ जेष्ठ ३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP