डोटी – डोटीमा ५० शैय्याको अस्थायी कोभिड अस्पताल स्थापना हुने भएको छ । आइतबार सिलगढीमा आयोजित अन्तर पालिका स्तरीय समन्वय बैठकले राजपुर स्थित सेती सभाहलमा स्थायी कोभिड अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।
निर्माण पछि प्रयोग विहिन भएको सेती सभाहलमा यस अघि पनि क्वारेन्टाइनकोे व्यवस्था गरिएको थियो । सोही सभाहललाई महामारी नियन्त्रण नभए सम्मका लागि स्थायी कोभिड अस्पतालमा परिणत गरिने भएको छ ।
डोटीका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, पत्रकार महासंघ लयागतको उपस्थिति रहेको उक्त बैठकले अक्सिजन र स्वास्थ्यकर्मी सहितको ५० शैय्याको अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकले अस्पताल स्थापनाका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाको संयोजकत्वमा ६ सदस्यीय बिज्ञ समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल पत्रकार महासंघ डोटीका उपाध्यक्ष अरुण बम, जिल्ला अस्पतालका डाक्टर कृष्णराज जोशी, नागरिक समाजका तर्फबाट अधिराज बिसि, दिसिनपाका स्वास्थ्य संयोजक गणेश बहादुर भण्डारी र पत्रकार कर्ण चन्द रहेका छन् ।
बिज्ञ समितिले अस्पताल स्थापनाका लागि चाहिने पूर्वाधार, औषधि, जनशक्ति, स्वास्थ्य सामग्री र आर्थिक लगायतको रिपोर्ट तयार गर्ने छ । त्यसैका आधारमा डोटी स्थित स्थानीय तहहरुले जनशक्ति, पूर्वाधार र आर्थिक फण्ट संकलन गरेर अस्पताल स्थापना गरिने छ ।
बैठकले अस्पताल स्थापना, फण्ट सञ्चालन र अस्पताल सञ्चालनको जिम्मा जिल्ला स्तरीय कोभिड–१९ संकट वयवस्थापन केन्द्र (डिसिसिएमसि)लाई दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजक रहेको डिसिसिएमसिमा जिल्ला स्थित सुरक्षाकर्मी, स्वास्थ्य कार्यालय, जिल्ला अस्पतलका प्रमुख तथा सरोकारवाला सदस्य रहन्छन् । जिल्लाका सबै पालिकाका प्रमुखहरु त्यसको आमन्त्रित सदस्य रहने व्यवस्था छ ।
अस्पताल स्थापनाका लागि सुजंङ्ग अस्पतालले ३० वटा वेड उपलब्ध गराउने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । केही वेडहरु जिल्ला अस्पतालले उपलब्ध गराउने छ । महामारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नु पर्ने अवस्था आएको बताउँदै नगर प्रमुख सिताराम जोशीले अपुग वेडहरु शिखर नगरपालिकाबाट उपलब्ध गराउने बताए ।
दिपायल सिलढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले कोभिड अस्पताल स्थापना पछि जिल्लाका कडा लक्षण देखिएका बिरामीहरुले सेवा पाउने बताइन् । महामारी तिब्र गतिमा फैलिरहेको बताउँदै उनले अस्पताल स्थापनाका लागि सहयोग गर्न जिल्ला स्थित सबै सरोकारवालालाई आह्वान गरिन् ।
केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले अस्पताल स्थापनाका लागि जिल्ला स्थित सबै पालिकाका सरकारहरु र जिल्लामा कार्यरत सबै क्षेत्रका संघ संस्थाले सहयोग गर्नु पर्ने बताए । जनतालाई सहज स्वास्थ्य सेवा दिन केआइसिंह सरकार तयार रहेको बताउँदै शाहीले गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
कोभिड अस्पताल स्थापना पछि सबै स्थानीय तहबाट स्वास्थ्यकर्मी खटाइने र स्वास्थ्यकर्मी र बिरामीको खानपिनको व्यवस्था गरिने छ । जिल्लामा उपचाररत बिरामीहरुलाई अक्सिजनको अभाव भैरहेको अवस्थामा बैठकले अस्थायी अस्पतालमा अक्सिजनको समेत व्यवस्था गर्ने जनाएको छ ।
काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...