२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

आइतबार सुदूरपश्चिमका थप १०५७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु


कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १०५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट २ हजार १ सय ९६ जनाको नमुना परीक्षण गर्दा प्रदेशभर झण्डै आधामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ ।

सबैभन्दा धेरै कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २/२ जना, बैतडी, अछाम र दार्चुलाका १/१ जनाको मृत्यु भएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५४ पुगेको छ ।

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७८ जेष्ठ २

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७८ जेष्ठ २

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७८ जेष्ठ २

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP