२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

सुदूरपश्चिममा डेढ लाख जनसंख्याको लागि एक भेन्टिलेटर, ५६ हजारका लागि एक आइसियू

कैलाली- झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढ्दै गएको छ । पछिल्लो दुई सातामा मात्रै १० हजार संक्रमित थपिएका छन् भने दुई सय २७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिले पनि सात हजार ८ सय बढि संक्रिय संक्रमित छन् । तर दुई सय ८६ जना संक्रमितको मात्रै अस्पतालहरुमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कोभिड भाइरसका गम्भीर बिरामी बढ्दै गएपनि उपचारका लागि पूर्वाधार र उपकरणको चरम अभाव भएपछि अस्पताल भर्ना हुने बिरामीको संख्या कम रहेको हो । झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा २० वटा भेन्टिलेटर र ५३ वटा आइसियू शय्या मात्रै उपलब्ध रहेको निर्देशनालयको तथ्याङक छ ।

यो तथ्याङकले प्रदेशमा डेढ लाख जनसंख्याका लागि एक भेन्टिलेटर र ५६ हजारका लागि एक आइसियू बेड मात्रै उपलब्ध रहेको देखाउँछ । 

डडेल्धुरा अस्पतालमा २६, सेती प्रादेशिक अस्पतालमा १५, महाकाली अस्पतालमा ६ शय्या आइसियू छ भने डडेल्धुरा र महाकाली अस्पतालमा ६÷६ र सेती प्रादेशिक अस्पतालमा ५ वटा भेन्टिलेटर उपलब्ध छ । कोरोना भाइरसको महामारी बढ्दै गएपनि पूर्वाधार र उपकरण थप्नमा प्रदेश सरकारको ध्यान जान सकेको छैन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार पछिल्लो दुई महिनामा प्रदेशभरी आइसियू बेड दोब्बरले बढाइएको छ भने भएका भेन्टिलेटर पनि बिग्रिएर थन्किएपछि सञ्चालनमा रहेका भेन्टिलेटरको संख्या घटेको छ ।

यता सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मागअनुसार अक्सिजनको व्यवस्थापन गर्न नसकिएकोले आइसियू र भेन्टिलेटर थप्नुको कुनै औचित्य नरहेको बताए । ‘अक्सिजन नभए आइसियू र भेन्टिलेटर चल्दैन्, उनले भने, ‘त्यसैले अहिले आइसियू र भेन्टिलेटर थप्नुभन्दा पनि अक्सिजनको व्यवस्थापनमा हाम्रो ध्यान केन्द्रित छ । उनका अनुसार अहिले सुदूरपश्चिम प्रदेशभरी दैनिक झण्डै एक हजार सिलिण्डर अक्सिजनको माग भइरहेको छ । ‘प्रदेशमा अक्सिजन उद्योग र प्लान्ट कम हुँदा मागको आधा पनि हामीले पूर्ती गर्न सकेका छैनौ । तीन सयदेखि चार सय सिलिण्डर मात्रै व्यवस्थापन गर्न सकेका छौ,’ उनले भने ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७८ जेष्ठ २

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP