२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

सेती प्रयोगशालामा ८३५ जनाको कोरोना परीक्षण : ५५५ जनामा संक्रमण, ६ जनाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ५५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ८३५ नमूना परीक्षण गर्दा ५५५  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका २७२ जना यस्तै धनगढीबाहेक कैलालीका २६२ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये १ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, ९० जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट कसैले पनि कोरोना जित्न नसकेको अस्पतालले जनाएको छ । यस्तै थप १६  जना अस्पतालमा भर्ना भएका छन् ।  
पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २१ पुरुष र ८ महिला गरी २९ जना उपचाररत छन् ।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०७८ जेष्ठ १

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP