२०७८ माघ ६, बिहीबार
January 20, 2022, Thursday

बडीकेदार गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३४ पुग्यो : ७ जना स्वास्थ्यकर्मी समेत संक्रमित

बडीकेदार- बडीकेदार गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । शुक्रबार गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ पुगेको हो ।

संक्रमितमध्य ७ जना गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र बहादुर शाहीले जानकारी दिए । पिसिआर बिधिबाट २० जना र एन्टिजेन बिधिबाट १४ गरी जम्मा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य ३२ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनिहरु होम आइसोलेसनमा रहेका छन् । एक जना संक्रमितको गाउँपालिकाले स्थापना गरेको अस्थायी कोरोना अस्पताल खड्यौलीमा उपचार भैरहेको छ भने एक जनाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।

Related News

कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
  • २०७८ बैशाख ३१

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। गत वैशाख...

३८.३५ अंकले घट्यो नेप्से परिसूचक
३८.३५ अंकले घट्यो नेप्से परिसूचक
  • २०७८ बैशाख ३१

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार...

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७८ बैशाख ३१

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार...

TOP