२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

साइन नेपालद्वारा स्थानीय सरकार र प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

डोटी- मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) कैलालीले स्थानीय सरकार र प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाले केयर एण्ड रिलिफ परियोजना अन्तरगत जिल्लाका शिखर नगरपालिका, आदर्श गाउँपालिका, प्रदेश प्रहरी अस्पताल र प्रदेश शसस्त्र प्रहरी गुल्मलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोरोना भाइरस कोभिड १९ को बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि सहज होस भन्ने उद्येश्यका साथ सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

शिखर नगरपालिकालाई ८ हजार सर्जिकल मास्क र १० लिटर सेनेटाइजर, आदर्श गाउँपालिकालाई ४ हजार सर्जिकल मास्क, १० लिटर सेनेटाइजर, १५ बोतल सेनेटाइजर र ५० थान सर्जिकल ग्लोब्स उपलब्ध गराएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए । त्यस्तै प्रदेश प्रहरी अस्पताललाई एक हजार मास्क, दुई कार्टुन सेनेटाइजर, प्रदेश शसस्त्र प्रहरी गुल्मलाई दुई हजार मास्क, १० लिटर सेनेटाइजर, ३० बोतल सेनेटाइजर, एक थान अक्स पल्स मिटर र एक थान थर्मल गन उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्रीको अभाव रहेका बेला साइन नेपालले प्रदान गरेको स्वास्थ्य सामग्रीले नगरलाई ठुलो राहत पुगेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । संस्थाले पहिलो चरणको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समेत सहयोग गरेको बताउँदै नगर प्रमुख जोशीले सबै संघ संस्था तथा ब्यक्तिहरुको सहकार्यमा नै कोभिड १९ को संक्रमण नियन्त्रण गर्न सकिने बताए । हालको महामारीको समयमा सबै सरकारी, गैरसरकारी संघ संस्था, राजनीतिज्ञ र समाज सेवी एकठाउँमा उभिएर जनस्वास्थ्यको रक्षा गर्नु पर्ने उनको भनाइ छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ बैशाख ३०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP