२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

डोटी कांग्रेसले अस्थायी कोभिड अस्पताल स्थापनाका लागि पार्टी कार्यालय दिने

डोटी– नेपाली कांग्रेस डोटीली अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि पार्टी कार्यालय दिने निर्णय गरेको छ । जिल्लामा कोरोनाका बिरामीहरु बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको आवस्यकता परेमा पार्टी कार्यालयको हल उपलब्ध गराउने निर्णय गरेको हो ।

जिल्लामा भयावह अवस्था आएमा, बिरामीले अस्पतालहरु भरिएमा अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालयको हल उपलब्ध गराउने नेपाली कांग्रेस डोटी सभापति प्रदिप कुमार देउवाले बताए । उनले जिल्ला अस्पतालले स्रोत साधन जुटाएर चिकित्सक सहित आवस्यक परेको समयमा पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्ने बताए ।

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग भएको छलफलमा अस्थायी अस्पतालका लागि पार्टी कार्यालय प्रयोग गर्न सकिने जनाएको क्षेत्रीय सभापती एबं शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले त्यहाँ अस्पताल सञ्चालन गर्नका लागि शिखर नगरपालिकाका तर्फबाट १० वटा बेड समेत उपलब्ध गराउने बताए ।

शिखर नगरपालिकाले बाहिरी जिल्लाको शव व्यवस्थापनका लागि घाट र दाउरा समेत उपलब्ध गराउने जनाएको छ । साथै नगरले कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पताललाई एक लाख रुपैया उपलब्ध गराउने नगर प्रमुख जोशीले बताए ।

Related News

अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
  • २०७८ बैशाख ३०

बझाङ – बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका...

TOP