२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

पत्रकार महासंघ डोटीद्वारा मिडिया अवलोकन तथा स्वास्थ्य सामग्री वितरण

डोटी- नेपाल पत्रकार महासंघ डोटी शाखाले जिल्लामा रहेका सञ्चार माध्यमहरुको अवलोकन गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सञ्चार माध्यम र सञ्चारकर्मीमा परेको प्रभाव र असरका विषयमा अवलोकन गर्नुका साथै पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरिएको महासंघले जनाएको छ ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष एबं डोटी शाखाका निवर्तमान अध्यक्ष योगेन्द्र बलायर, डोटी शाखाका उपाध्यक्ष अरुण बम र सचिव पवन महराले स्वास्थ्य सामग्री वितरणसँगै सञ्चार माध्यमहरुको अवलोकनको गरेका हुन् । योसँगै टोलीले जिल्लामा कार्यरत कोरोना संक्रमित पत्रकारहरुसँग भेटघाट एबं स्वास्थ्य अवस्थाका विषयमा समेत जानकारी लिएको छ ।

जिल्लाबाट छापा माध्यमबाट प्रकाशित हुने कतिपय दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु महामारीका कारण बन्द रहेको र कतिपयले अनलाईन अंकहरु प्रकाशन गरिरहेको अवलोकन टोलीले जनाएको छ । टोलिका अनुसार हाल जिल्लामा रहेका रेडियो, एफ्.एम्. र अनलाईन पत्रिकाहरु निरन्तर सञ्चालनमा रहेका छन् । पछिल्लो समय रेडियोमा कार्यरत तीन जना पत्रकारहरु कोरोना संक्रमित छन् भने एक जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । संक्रमित तीन जना मध्य एक जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई जना संक्रमित छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको महासंघका प्रदेश उपाध्यक्ष बलायरले जानकारी दिए ।

महासंघले जिल्लामा क्रियाशील पत्रकार एबं सञ्चार माध्यममा पुगेर सेनेटाइजर, मास्क, फेस फिल्डर लगायतका सामग्रीहरु वितरण गरेको महासंघका सचिव पवन महराले बताए । उनले दोस्रो चरणमा फैलिएको कोरोना भाईरसको संक्रमण समुदाय स्थरमै फैलिएको र पछिल्लो समयको संक्रमण जटिल खालको भएका कारण पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न अनुरोध गरेको बताए । महामारीको जटिल समयमा आफु सुरक्षित रहेर सकभर फोन इन्टरनेटबाटै सूचना संकल गर्न र प्रहाव गर्न समेत आह्वान गरिएको उनले बताए ।

वल्र्ड भिजन नेपाल र मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) कैलालीको सहयोगमा प्राप्त सामग्रीहरु सञ्चार माध्यम र सञ्चारकर्मीको निवासमै पुगेर वितरण रिएको शाखाका उपाध्यक्ष अरुण बमले बताए । महासंघले यस अघि पनि प्रेस जकेट तथा स्वास्थ्य सामग्रीहरु वितरण गरेको थियो ।

जिल्लामा क्रियाशील पत्रकारहरुमा स्वास्थ्य समस्या देखिए वा कोरोना संक्रमण देखिए पत्रकार महासंघमा सम्पर्क गर्न समेत आह्वान गरिएको छ । महासंघले यस अघि विज्ञप्ती जारी गर्दै फण्ट लाइनमा रहेर महामारीसँग जुझिरहेका पत्रकारहरुको उपचार, चेकजाँच निःशुल्क र सहज रुपमा उपलब्ध गराउँन सरोकारवालालाई अपिल गरेको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख ३०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP