२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

महामारी नियन्त्रणमा साइन नेपाल : जोखिम पूर्ण क्षेत्र र समुदायमा स्वास्थ्य सामग्री वितरण


डोटी- मानवीय सेवामा अनेकौं प्रयास (SHINE Nepal) कैलालीले कोरोना भाइरस (कोभिड–१९) को प्रभावित क्षेत्र, समुदाय, फ्रण्ट लाइनमा कार्यरत सुरक्षकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ ।

नेपालमा पहिलो चरणको कोरोना भाइरस भित्रियसँगै भाइरस नियन्त्रण र संक्रमण न्यूनीकरणका लागि प्रवासीको उद्धार, क्वारेण्टाइन स्थापना, व्यवस्थापन देखि स्वास्थ्य सामग्री, औषधि, रासन, राहत विरण जस्ता काम गर्दै आएको उक्त संस्थाले यस पटक पनि भाइरस नियन्त्रणका लागि काम गर्दै आएको छ ।

संस्थाले केयर एण्ड रिलिफ् परियोजना अन्तरगत डोटीका विभिन्न संघ संस्था र प्रभावित समुदायमा स्वास्थ्य सामग्री वितरण गरेको हो । बुधबार महामारीमा फ्रण्ट लाइनमा रहेर काम गर्ने पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ डोटी मार्फत र सुरक्षाकर्मीका लागि जिल्ला प्रहरी कार्यालय डोटी मार्फत स्वास्थ्य सामग्री विरण गरेको हो ।

जोखिममा रहेको डोटी कारागार, वाल सुधार गृह डोटी, सानागाउँ प्रहरी चौकीलाई समेत स्वास्थ्य सामग्री विरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । त्यस्तै कोरोना भाइरसको जोखिममा रहेको समुदाय पूर्वीचौकी गाउँपालिका वडा नं. ५ का बासीन्दाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री विरण गरिएको छ । त्यस्तै सोही गाउँपालिकाको वडा नं. १, ३, ४, र ६ मा वडा कार्यालय अन्तरगत सामग्री विरण गरिएको अध्यक्ष जोशिले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट टाढा राख्नका लागि जोखिमपूर्ण समुदाय क्षेत्रको पहिचान गरी सर्जिकल मास्क, सेनिटाइजर, थर्मल गन, अक्सि पल्स मिटर, हर्पिक र ब्रस, पिपिई सेट, सर्जिकल ग्लोब्स लगायतका सामग्री वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले बताए ।

स्वास्थ्य सामग्रीहरु बुझ्दै कारागार डोटीका प्रमुख लाल बहादुर बोगटीले प्राप्त सामग्रीले संक्रमण फैलिनबाट जोगाउने विश्वास ब्यक्त गरे । कारागार क्षेत्र कोरोना संक्रमणको उच्च जोखिम रहेको बताउँदै उनले एक जनामा संक्रमण भए सबैमा फैलिने सम्भाबना रहेका बताए । कारागार जस्तो संवदनशील क्षेत्रको पहिचान गरी संस्थाले स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएकोमा बोगटीले धन्यबाद ब्यक्त गरे ।

बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बुले बाल सुधार गृहमा रहेका बालबालिकाहरुमा कोरोना संक्रमण भए नकारत्मक मनोबैज्ञानीक असर पर्ने र बालबालीकामा त्रास पैदाहुने जोखि पनि उत्तिकै रहेको बताइन् । उनले यस्तो महामहारीको समयमा बाल सुधार गृहलाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएकोमा आभार प्रकट गरिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ले फ्रण्ट लाइनमा रहेर काम गर्ने प्रहरीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताए । उनले जिल्लामा कार्यरत कतिपय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भैसकेको बताउँदै संक्रमण नियन्त्रणका लागि खट्नु पर्ने र आफु पनि सुरक्षित रहनु पर्ने अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गरे । उचित समयमा प्राप्त भएको उक्त स्वास्थ्य सामग्री नेपाल प्रहरीका सबै युनिटहरुमा वितरण गरिने प्रहरी प्रमुख मल्लले बताए ।

वडाध्यक्ष नवराज खड्काले संस्थाले स्थानीय सरकारसँगको समन्वयमा पटक–पटक समुदायमा आवस्यक सहयोग गर्दै आएको बताए । यस पटक उपलब्ध गराएको स्वास्थ्य सामग्रीले समुदाय तथा वडा सरकारलाई ठुलो राहत पुगेको उनको भनाई छ ।

संस्थाले विहिवार आदर्श गाउँपालिका र शिखर नगरपालिकामा पनि स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ । समुदाय स्तरमा कारोनाको संक्रमण चेकजाँच गर्न र संक्रमितलाई समयमै सचेत गराउँदै उपचार गराउन पहल गर्ने उद्येश्यका साथ तीन सय जनाको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको अध्यक्ष जोशीले बताए । पूर्वीचौकी र शिखर नगरपालिका अन्तरगत कोरोना संक्रमितले ज्यान गुमाएको समुदायमा एन्टिजेन परीक्षण गरिने छ ।

साइन नेपालको केयर एण्ड रिलिफ परियोजना सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गरी १२ वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ । संस्थाले डोटी लगाएत सुदूपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा आबस्यकता र माग अनुसार स्वास्थ्य, शिक्षा, कृषि, कु प्रथा, आपातकालीन, महामारीको अवस्था, विपत् जोखिम लगाएतका विषयमा काम गर्दै आएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ बैशाख ३०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP