२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

मंगलवार सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन समेत आदेश दिएको छ ।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७८ बैशाख २८

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP