२०७८ माघ ३, सोमबार
January 17, 2022, Monday

डोटीमा कोरोनाको सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे

डोटी– देश कोरोना भाइरसले आक्रान्त भएको बेला डोटीको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन्। टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन्।

गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन्। भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताए। उनले भने, “भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन।”

गाउँमा ज्वरो भाइरल रूपमा फैलिन थालेपछि कोरोना पो हो कि भन्ने चिन्ता थपिएको बृजबहादुर खड्काले बताए। उनले भने, “पालिकाभर केही दिनदेखि भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गएका छन्, उपचार पनि छैन र कोरोना परीक्षणसमेत नगर्दा हामीलाई चिन्ता हुन थालेको छ।”

यहाँका स्वास्थ्य संस्थामा दैनिक जसो टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका बिरामी आउने गरेको पूर्वीचौँकी गाउँपालिका–२ का स्वास्थ प्रमुख भक्त ओलीले बताए। उनले भने, “भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, हामीसँग कोरोना परीक्षण गर्ने उपकरण छैन, सामान्य ज्वरोको औषधी दिएर र जाँच गर्दा बिरामी निको हुँदैन।” 

कोरनासँग मिल्दोजुल्दो खालको लक्षणका बिरामी दिनहुँ यहाँका स्वास्थ संस्थामा उपचारका लागि आउने गरे पनि कोरोना परीक्षण गर्ने किट नभएका कारण आजसम्म परीक्षण गर्न नसकेको गाउँपालिकाका स्वास्थ्य प्रमुख राम पाठकले बताए।

Related News

सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’
सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’
  • २०७८ बैशाख २७

काठमाडौँ – सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको...

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
  • २०७८ बैशाख २७

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग...

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै
सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै
  • २०७८ बैशाख २७

काठमाण्डौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन...

TOP