२०७८ मंसिर ११, शनिबार
November 27, 2021, Saturday
अस्पतालले मागेको ६८ पदको लागि ११९ आवेदन

सेती प्रादेशिक अस्पतालले मागेको विशेषज्ञ चिकित्सकमा कसैको आवेदन परेन

कैलाली- सेती प्रादेशिक अस्पतालले बैशाख १९ गते विशेषज्ञ डाक्टर सहित विभिन्न तहका गरी ६८ पद संख्याको लागि आवेदन खुला गरेकोमा ती पदहरुमा ११९ वटा आवेदन परेको छ  ।

आइतबार आबेदनको अन्तिम दिन रहेकोमा सो अवधिसम्म ६८ पदको लागि ११९ वटा आवेदन परेको अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउँदले बताए ।

अस्पतालले ७१ जना स्टाफ नर्स माग गरेकोमा सो पदमा भने ७१ जनाले नै आवेदन दिएका छन् । एनेथिसिया पदका लागि २ जना माग गरिएकोमा १ जना, ल्याब टेक्निसियनको लागि २ जना माग गरिएकोमा २१ जनाले आवेदन दिएका छन । एक जना मेडिकल ल्याब टेक्नोलोजिस्ट माग गरिएकोमा ६ जनाले आवेदन दिएका छन् । 

अस्पतालको स्वीकृत दरबन्दीको ३ र सामाजिक विकास मन्त्रालयको कोभिड कार्यक्रमको लागि ७ जना गरी १० जना मेडिकल अधिकृत माग गरिएकोमा २ जनाले मात्रै आवेदन दिएका छन् । १ जना नर्सिङ अधिकृत माग गरिएकोमा ९ जनाले आवेदन दिएका छन ।

एक जना  सर्जन विशेषज्ञ माग गरिएकोमा ३ जना, १ जना मेडिकल ल्याब टेक्नोलोजिस्ट माग गरिएकोमा १ जनाले आवेदन दिएका छन । १ जना अस्पताल नर्सिङ माग गरिएकोमा ३ जनाले आवेदन दिएको अस्पतालले जनाएको छ । 

त्यस्तै, अस्पतालले विशेषज्ञ डाक्टरको लागि पनि आबेदन खुला गरेकोमा त्यसमा भने कुनै आवेदन परेको छैन् । २ जना बालरोग विशेषज्ञ, ३ जना फिजिसियन, १ जना मानसिक रोग बिशेषज्ञ, १ जना कन्सल्टटेन्ट मेडिकल जनरलिष्ट र १ जना माइक्रो बायोलोजिष्ट कन्सल्टटेन्ट माग गरिएकोमा कसैको पनि आवेदन नपरेको अस्पताल प्रशासनले जनाएको छ । 

Related News

सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
  • २०७८ बैशाख २७

डोटी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार दिपायलमा आयोजित पत्रकार सम्मेलन...

जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी  घोषणा
जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी घोषणा
  • २०७८ बैशाख २७

कैलाली – कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा...

हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
  • २०७८ बैशाख २७

डोटी – दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती...

TOP