२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

बाजुरामा कोरोनाबाट एक महिलाको मृत्यु

बाजुरा– जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुरामा दोस्रो लहरको कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । 

जिल्लको गौमुलगाउँपालिका ३ घर भइ हाल बडिमालिका नगरपालिका ९ मा अस्थाइ बसोवास गर्दै आएकी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल प्रसन चुडामणी पन्तले जानकारी दिएका छन् ।

मंगलबार राति स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। कोरोना पोजिटिभपछि जिल्ला अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको कोरोना फोकल प्रसन चुडामणी पन्तले बताए । 

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७८ बैशाख २२

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP