२०८२ माघ २४, शनिबार
February 7, 2026, Saturday

एक हप्तामा थपिए ३८ हजार संक्रमित, २२३ को मृत्यु

काठमाडौं– पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। एक हप्ता अगाडिसम्म ३० हजारको हाराहारीमा भएका सक्रिय संक्रमितको संख्या एक हप्ताको अवधिमा करिब ६० हजार पुगेको छ। 

एक हप्ताअगाडि वैशाख १५ गते कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ थियो। तर एक हप्ताको अवधिमा ३८ हजार ३०६ जना संक्रमित थपिएका छन्। सोही अवधिमा २२३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 

एक हप्ताको अवधिमा करिब २ हजारको संख्यामा मात्रै परीक्षण संख्या बढेको देखिएको छ। एक हप्ताअगाडि दैनिक १४ हजार ८३४ जनाको परीक्षण भएकोमा हाल १६ हजार ७०२ जनाको परीक्षण भएको छ। उक्त अवधिमा संक्रमितको संख्या ५७ प्रतिशत बढ्दा पीसीआर परीक्षण भने जम्मा १३ प्रतिशतले मात्रै बढेको छ। 

कति थपिए एक हप्तामा ?

वैशाख १५ गते बुधबार

थपिएका संक्रमित– ४ हजार ८९७
मृत्यु– १७ जना

वैशाख १६ गते बिहीबार

थपिएका संक्रमित– ४ हजार ९२८
मृत्यु– ३५ जना

वैशाख १७ गते शुक्रबार

थपिएका संक्रमित– ५ हजार ७२७
मृत्यु– ३३ जना

वैशाख १८ गते शनिबार

थपिएका संक्रमित– ५ हजार ७६३
मृत्यु– १९ जना

वैशाख १९ गते आइतबार

थपिएका संक्रमित– ७ हजार २११
मृत्यु– २७ जना

वैशाख २० गते सोमबार

थपिएका संक्रमित– ७ हजार ३८८
मृत्यु– ३७ जना

वैशाख २१ गते मंगलबार

थपिएका संक्रमित– ७ हजार ६६०
मृत्यु– ५५ जना

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७८ बैशाख २१

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP